२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले विद्यालयका प्रधानाध्यापक शिक्षा सेवा आयोगबाट ल्याउने व्यवस्था गर्नुपर्छः काँग्रेस सांसद भण्डारी



photo: rss
अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले विद्यालयका प्रधानाध्यापक शिक्षा सेवा आयोगबाट ल्याउने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

विद्यालय शिक्षा विधेयक संसदमा पेश भएको उल्लेख गर्दै उहाँले त्यहाँ सो कुरालाई समावेश गर्न सरकारसँग माग गर्नुभएको हो । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले विद्यालय तहको नेतृत्व प्रधानाध्यापकले गर्ने भएकाले उसले दृढ भएर काम गर्न पनि सो आयोगले चयन गर्नुपर्ने बताउनु भयो । सांसद भण्डारीले अन्तर्राष्ट्रिय क्षेत्रमा अनुसन्धान गरिरहेकाहरुलाई विश्वविद्यालयको नेतृत्वमा पु¥याउन पनि सरकारलाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले शिक्षा विधेयक आएको छ । त्यो शिक्षा विधेयकलाई हामीले कुनैपनि नेतृत्व इच्छाशक्तिको भएन भने, कुनै नेतृत्व दृढ भएन भने, कुनै नेतृत्वले आफनो संस्थालाई परिवार सम्झेन भने कुनैपनि ठाउँ, कुनै पनि देश अगाडि बढ्न सक्दैन । त्यसकारण विद्यालयका हेडमास्टरहरुलाई शिक्षा सेवा आयोगबाट ल्याउने व्यवस्था गर्यो भने त्यो हेडमास्टरबाट, त्यो नेताबाट शिक्षा क्षेत्र अगाडि बढन सक्छ भन्ने मलाई लाग्छ । आज विश्वविद्यालय नेताविहीन जस्तो छ । त्यहाँको प्रोफेसर, जसले अनुसन्धानको क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा काम गर्नसक्छ, उसलाई नेतृत्व दिएमात्रै विश्वविद्यालय चलाउन सक्छ ।’

सांसद भण्डारीले विश्वविद्यालय अहिले नेतृत्व विहीनजस्तो अवस्थामा रहेको भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो ।