५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलालाई अगाडि नबढाएसम्म देश बन्दैन: सांसद कोईराला



file
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा शशांक कोईरालाले महिलालाई अगाडि नसारेसम्म देशले विकास गर्न नसक्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले महिलालाई आदर र सम्मानका साथ अघि बढाएमात्रै देशले गति लिने बताउनु भयो । उहाँले महिलाले हरेक घर, समाज र देशलाई नै नेतृत्व गरी विकास गर्नसक्ने जिकिर गर्नुभयो । उहाँले महिलाहरुकै अग्रणी भुमिकाका कारण आफूले ४ पटक निर्वाचन जितेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘महिलाहरुलाई जबसम्म हामी आदर गर्दैनौँ, तबसम्म हाम्रो विकास हुन सक्दैन ।’

‘महिला नै महिलाको बीचमा म हुर्किएको हुँ । सानैदेखि फ्रक लगाएको हो । तीन वर्षसम्म फ्रक नै लगाएर बसेँ । म महिलाको समस्याहरु बुझ्छु । हुनत घरको साँचो महिलासँग मात्रै हुँदैन । समाजको साँचो महिलासँग हुन्छ । मैले चार पटक आफ्नो क्षेत्रबाट जितेँ । म महिला नै अगाडि भएर जितेको छु । महिला नभइ कुनैपनि घरको ढोका खुल्दैन । त्यसैले महिलालाई हामीले आदर गर्नुपर्छ ।’

सांसद कोईरालाले बिपी कोईराला बहुआयामिक व्यक्तित्व भएको बताउनु भयो ।