१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

‘पेशागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो’: प्रहरी महानिरीक्षक कार्की

‘पेशागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो’: प्रहरी महानिरीक्षक कार्की
अ अ+ अ-

काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले हरेक नागरिकले आफ्नो पेशा र व्यवसायमा गर्व गर्नसक्ने वातावरण निर्माण हुनु नै वास्तविक लोकतन्त्र भएको बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

महानिरीक्षक कार्कीले लोकतन्त्र केवल शब्दको उच्चारणमा मात्र सिमित नभई व्यवहारमा चरितार्थ हुनुपर्नेमा जोड दिनुभयो ।  लोकतन्त्र भनेको पटक–पटक सोही शब्द दोहो¥याउनु मात्र नभएको बरु नागरिकहरूले आफ्ना कर्म र पेशामा गौरव महशुस गर्न पाउनु भएको उहाँको भनाइ छ । पसले, इलेक्ट्रिसियन, भान्से, लुगा सिलाउने व्यक्ति, प्रहरी वा मजदुर–सबैले आ–आफ्नो काममा आत्मसम्मान पाउनुपर्ने र समाजले उनीहरूको योगदानको कदर गर्नुपर्ने बताउनु भयो । पेशा वा व्यवसायको आधारमा कोही सानो वा ठूलो नहुने उल्लेख गर्दै उहाँले लोकतन्त्रमा सबै प्रकारका कर्मलाई धर्म ठानेर सम्मान गरिनुपर्ने बताउनु भयो । समाजमा व्याप्त विभेदकारी प्रवृत्तिको आलोचना गर्नुभयो । मानिसको ओहदा हेरेर फरक–फरक व्यवहार गर्ने, कसैलाई सम्मान दिने र कसैलाई तिरस्कार गर्ने प्रवृत्ति कतै पनि स्वीकार्य हुन नसक्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘लोकतन्त्र हुनुको अर्थ लोकतन्त्र हो, लोकतन्त्र हो भनेर सय पटक लोकतन्त्र भनेकै कारण लोकतन्त्र भएको हुँदैन । लोकतन्त्र भएको अवस्था त त्यो हो, जहाँ नागरिकहरू आफ्ना कर्म, पेशा र व्यवसायमा गर्व गर्न सकुन् । हरेक छोराछोरीले आफ्नो कर्ममा गर्व गर्नुपर्छ । पसलेले पसल गरेकोमा गर्व गर्न पाउनुपर्छ । इलेक्ट्रिसियनले इलेक्ट्रिसियन भएकोमा गर्व गर्नुपर्छ । भान्सेले आफूले पकाएको खानाले मानिसको जीवन धानेको, जोगाएको र खुशी दिएकोमा गर्व गर्नुपर्छ । लुगा सिलाउनेले लुगा सिलाउने हुँ भनेर गर्व गर्नुपर्छ । प्रहरीले प्रहरी हुँ भनेर गर्व गर्नुपर्छ । मजदुरले मजदुर हुँ भनेर गर्व गर्नुपर्छ । जहाँ कुनैपनि पेशा वा व्यवसायका आधारमा कोही सानो वा ठूलो मानिँदैन, त्यहीँ लोकतन्त्र हुन्छ । लोकतन्त्रमा सबै कर्मलाई धर्म ठानी, कर्मलाई पूजा गर्ने सबै व्यक्तिलाई सम्मान गरिन्छ । हामीले विभिन्न ठाउँमा देख्ने–कसैलाई छुट्टै ठाउँमा बसाल्ने, कसैलाई भुइँमा बसाल्ने, कसैलाई कुर्सीमा बसाल्ने, कसैलाई सोफामा बसाल्ने, कसैलाई पानी खुवाउने, कसैलाई पानीसमेत नखुवाउने वा लखेट्ने–यस्ता प्रवृत्ति न घरमा ग्राह्य छन्, न समाजमा, न प्रहरी कार्यालयमा, न कुनै सरकारी कार्यालयमा ।’

महानिरीक्षक कार्कीले प्रहरी कार्यालयहरूमा सेवा लिन आउने नागरिकलाई समान व्यवहार गरिनुपर्ने र कुनैपनि आधारमा विभेद हुन नहुने कुरामा जोड दिनुभयो । उहाँले नवनिर्मित भवनहरूले सेवाग्राहीको सहजता र प्रहरी कर्मचारीहरूको कार्यसम्पादनमा थप ऊर्जा प्रदान गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल