९ श्रावण २०८३, शनिबार
,
Latest
रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम गाभीले नेपालसँग ३ लाख डलर फिर्ता नमाग्ने सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन ‘पेशागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो’: प्रहरी महानिरीक्षक कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलालाई अगाडि नबढाएसम्म देश बन्दैन: सांसद कोईराला



file
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा शशांक कोईरालाले महिलालाई अगाडि नसारेसम्म देशले विकास गर्न नसक्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले महिलालाई आदर र सम्मानका साथ अघि बढाएमात्रै देशले गति लिने बताउनु भयो । उहाँले महिलाले हरेक घर, समाज र देशलाई नै नेतृत्व गरी विकास गर्नसक्ने जिकिर गर्नुभयो । उहाँले महिलाहरुकै अग्रणी भुमिकाका कारण आफूले ४ पटक निर्वाचन जितेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘महिलाहरुलाई जबसम्म हामी आदर गर्दैनौँ, तबसम्म हाम्रो विकास हुन सक्दैन ।’

‘महिला नै महिलाको बीचमा म हुर्किएको हुँ । सानैदेखि फ्रक लगाएको हो । तीन वर्षसम्म फ्रक नै लगाएर बसेँ । म महिलाको समस्याहरु बुझ्छु । हुनत घरको साँचो महिलासँग मात्रै हुँदैन । समाजको साँचो महिलासँग हुन्छ । मैले चार पटक आफ्नो क्षेत्रबाट जितेँ । म महिला नै अगाडि भएर जितेको छु । महिला नभइ कुनैपनि घरको ढोका खुल्दैन । त्यसैले महिलालाई हामीले आदर गर्नुपर्छ ।’

सांसद कोईरालाले बिपी कोईराला बहुआयामिक व्यक्तित्व भएको बताउनु भयो ।