९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

संविधानको कु भयो – संविधानविद डा.भीमार्जुन आचार्य (भिडियो सहित )

संविधानको  कु भयो – संविधानविद डा.भीमार्जुन आचार्य (भिडियो सहित )
अ अ+ अ-

काठमाडौ । संविधानविद् डा. भीमार्जुन आचार्यले संसद विघटनको प्रस्ताव गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि ‘कु’ गरेको बताएका छन् । गैरसंवौनिक रुपमा संसद विघटनको प्रस्ताव गरेर ओलीले नेपालको संविधान र व्यवस्थामाथि ‘कु’ गरेको डा. आचार्यको भनाई छ । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै संविधानविद् आचार्यले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम कानूनी र संवैधानिक रुपमा दुर्भाग्यपूर्ण भएको उहाँको भनाई छ । प्रधानमन्त्रीको कदमले संवैधानिक व्यवस्थामा निम्त्याउने संकटको जिम्मेवारी पनि प्रधानमन्त्री अ‍ोलीले नै लिनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कुनै बाहाना गर्न सक्ने ठाउँ थिएन् । यो कदम नाजायज छ । यो संविधानमाथिको कु हो । यसको संवैधानिक व्यवस्थामा निम्त्याउने संकटको जिम्मेवारी उहाँले लिनुपर्छ ।’’

नेपालको संविधानले कुनै पनि हालतमा÷बाहानामा प्रधानमन्त्रीले संसद विघटनको अधिकार नदिएको उहाँले बताउनुभयो । २०४७ सालमा संविधानले नै प्रधानमन्त्रीलाई सो अधिकार दिएकोमा ४ पटकसम्म त्यसको दुरुपयोग भएको उल्लेख गर्दैए उहाँले अहिलेको संविधान अनुसार प्रधानमन्त्रीलाई त्यो अधिकार नदिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘नेपालको संविधानअनसार प्रधानमन्त्रीले कुनै पनि बाहानामा संसद विघटन गर्न सक्ने अधिकार छैन् । यसको पछाडी हामीसँग खास संवैधानिक पृष्ठभूमि र अभ्यास छ । खासगरी ०४७ सालको संविधानमा प्रधानमन्त्रीले चाहेको बेलामा प्रधानमन्त्रीले चहेका बेलामा विघटन गर्न सक्ने जुन अधिकार दियौँ त्यसको ४ पटकसम्म दुरुपयोग भयो । त्यसले मुलुकमा राजनीतिक अस्थिरता ल्यायो  । संविधानले परिकल्पना गरेको गोल प्राप्त गर्न सकेन ।’’

संसद र व्यवस्थालाई बन्धक राखेर राजनीतिक स्थायीत्वमाथि धावा बोल्ने काम कसैले गर्न नसकोस भनेर प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार संविधानले नदिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘संसदमा म्याण्डेड पाएको सरकारले त्यसै अुनसार काम गरोस र संसद र व्यवस्थालाई बन्धकमा नराखोस । राजनीतिक स्थायीत्व माथि कुनै पनि प्रकारको धावा बोल्ने काम नगरोस भन्ने अभिप्रायले प्रधानमन्त्रीलाई संसद विघटनको पावर संविधानले दिएन् । प्रधानमन्त्रीले कुनै पनि बाहानामा संविधानको आधार देखाएर विघटन गर्न सक्दैन् ।’’ 

संविधानविद् आचार्यले संविधानको धारा ८५ मा रहेको व्यवस्थामा प्रधानमन्त्री ‘मिस गाईड’ भएको हुन सक्ने आँकलन गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘एउटा प्रावधानमा मिस गाइड भएको हुन सक्छ । धारा ८५ मा अगावै विघटन भएको अवस्थामा बाहेक प्रतिनिधिसिभाको कार्यकाल ५ वर्षको हुने भन्ने छ । यसमा अगावै विघटन भन्नु र विघटन गराएको भन्नु फरक कुरा हो ।’’

अहिलेको संविधानले विभिन्न चार अवस्थामा प्रधानमन्त्री बन्न सक्ने प्रावधान गरेको उल्लेख गदैए उहाँले भन्नुभयो, ‘‘पहिलो सम्पूर्ण बहुमत प्राप्त व्यक्ति प्रधानमन्त्री बन्ने, दोस्रो, दुई वा दुई भन्दा बढी दलहरु मिलेर सरकार बनाउने, तेस्रो, अल्पमतको सरकारको परिकल्पना र एक जना व्यक्ति प्रतिनिधिसभाको सदस्यले सरकार बनाउन सक्छु भनेर दावी ग¥यो भने भन्यो भने मौका दिन सक्ने व्यवस्थागरेको छ । यी मध्ये बहुमतको सरकारले अविश्वासको मत प्राप्त ग¥यो  । अविश्वासबाट बहुमतको सरकार ढल्ने भएपछि वैकल्पिक सरकारको लागि प्रयास गर्नुपर्ने हुन्छ । त्यो पनि सम्भव भएन भने राष्ट्रपतिले त्यती बेला मात्रै विघटन गर्न सक्ने अवस्था हो । त्यसरी भएको विघटन भएको अवस्थालाई यो धाराले उल्लेख गरेको हो ।’’

देशमा संवैधानिक संकटको अवस्था आउन नदिन राष्ट्रपतिले प्रस्ताव रोक्न सक्ने पनि उहाँले बताउनुभयो । तत्कालित समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानसेनापति प्रकरणमा गरेको प्रस्ताव पूर्वराष्ट्रपछि डा. रामबरण यादवले अस्वीकार गरेको स्मरण गर्दै उहाँले ६ महिनापछि निर्वाचन गराउने वा प्रस्ताव अस्वीकार गर्ने भनने कुरा राष्ट्रपतिको हातमा भएको बताउनुभयो ।