२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर

संसद विघटन भएकै दिन शेयर बजारमा ९६.८८ अंकले उच्च गिरावट

संसद विघटन भएकै दिन शेयर बजारमा ९६.८८ अंकले उच्च गिरावट
अ अ+ अ-

काठमाडौं । सरकारले प्रतिनिधि सभा विघटन गरेपछि शेयर बजारमा उच्च गिरावट आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनका लागि पठाएको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि शेयर बजारमा उच्च गिरावट आएको हो । 

आइतबार बजार खुले देखि नै परिसूचकमा ठूलो उतारचढाव देखियो । राजनैतिक अस्थिरता आउने डरले लगानीकर्ताको मनोबल खस्किदा नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । कारोबार शुरु भएदेखि नै घटिरहेको बजारमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेको समाचार आएसँगै अन्तिम २५ मिनेटमा थप ४३ अंकको गिरावट दखियो । समग्रमा नेप्से ४ दशमलव ७७ प्रतिशत अर्थात ९६ दशमलव ८८ अंकले घटेर १ हजार ९ सय ३५ दशमलव ६३ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४ दशमलव २५ प्रतिशत अर्थात २६ दशमलव ३९ अंकले घटेर ३ सय ६९ दशमलव ५५ अंकमा झरेको छ ।

दिनभर १ सय ९८ कम्पनीको ९ अर्ब ४ करोड ७९ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ४५ लाख ९ हजार ५ सय ३३ कित्ता शेयर खरिद विक्री भएको छ । कारोबारमा आएका सबै समूहका सूचकहरु घटेका छन् । कारोबारमा आएका समूहमध्ये सबैभन्दा धेरै अन्य समूह ८ दशमलव ३९ प्रतिशतले घटेको छ । यस्तै जलविद्युत समूह ६ दशमलव ६८ प्रतिशत, निर्जीवन बीमा समूह ५ दशमलव ४८ प्रतिशत, जीवन बीमा समूह ५ दशमलव ०५ प्रतिशत, व्यापार समूह ४ दशमलव २८ प्रतिशत, विकास बैंक समूह ३ दशमलव ६९ प्रतिशत, बैंकिङ समूह २ दशमलव ९७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २ दशमलव ९२ प्रतिशत, होटल समूह २ दशमलव ६३ प्रतिशत, फाइनान्स समूह २ दशमलव ३५ प्रतिशत र म्युचुअल फण्ड समूहका शुन्य दशमलव ९९ प्रतिशतले घटेको छ ।

नेप्से परिसूचकमा भारी गिरावट आएपनि १४ वटा कम्पनीका शेयरधनीले भने कमाएका छन् । युनाइटेड इदी–मर्दी आरबी जलविद्युतका शेयरधनीले झण्डै १० प्रतिशतले कमाएका छन् । सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले गुमाएका छन् । यस बाहेक विभिन्न १२ कम्पनीका शेयरधनीले ९ प्रतिशत भन्दा बढी गुमाएका छन् । जसमध्ये नेरुडे लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, छ्याङ्दी जलविद्युत, अपर तामाकोशि जलविद्युत कम्पनी लगायतका कम्पनीका शेयरधनी रहेका छन् । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार सबैभन्दा धेरै १ अर्ब ६ करोड ८४ लाख ६३ लाख रुपैयाँ बराबरको भएको छ ।