२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.95

Wind: 1.03

Humidity: 46

Latest
पानी विवादमा मेक्सिकोलाई भन्सार कर लगाउने ट्रम्पको धम्की दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान, तोलामा कति पुग्यो? वनस्पति क्षेत्र को थप विकास र व्यवस्थित गर्न जरुरीः वनमन्त्री ठकुरी दुर्गा प्रसाईँलाई काठमाडौं ल्याइँदै टिपरको ठक्करबाट चाइनिज कामदारको मृत्यु अर्थमन्त्री पौडेलसमक्ष उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले प्रतिवेदन बुझायो, के छन् अर्थतन्त्र सुधारका सुझाव ? राज्यमन्त्री पूर्णबहादुर तामाङले सोधे सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण आज पनि देशभर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना विशेषको फैसला चित्त नबुझेको भन्दै आयोग सर्वोच्चमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद विघटन भएकै दिन शेयर बजारमा ९६.८८ अंकले उच्च गिरावट



अ+ अ-

काठमाडौं । सरकारले प्रतिनिधि सभा विघटन गरेपछि शेयर बजारमा उच्च गिरावट आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनका लागि पठाएको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि शेयर बजारमा उच्च गिरावट आएको हो । 

आइतबार बजार खुले देखि नै परिसूचकमा ठूलो उतारचढाव देखियो । राजनैतिक अस्थिरता आउने डरले लगानीकर्ताको मनोबल खस्किदा नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । कारोबार शुरु भएदेखि नै घटिरहेको बजारमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेको समाचार आएसँगै अन्तिम २५ मिनेटमा थप ४३ अंकको गिरावट दखियो । समग्रमा नेप्से ४ दशमलव ७७ प्रतिशत अर्थात ९६ दशमलव ८८ अंकले घटेर १ हजार ९ सय ३५ दशमलव ६३ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४ दशमलव २५ प्रतिशत अर्थात २६ दशमलव ३९ अंकले घटेर ३ सय ६९ दशमलव ५५ अंकमा झरेको छ ।

दिनभर १ सय ९८ कम्पनीको ९ अर्ब ४ करोड ७९ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ४५ लाख ९ हजार ५ सय ३३ कित्ता शेयर खरिद विक्री भएको छ । कारोबारमा आएका सबै समूहका सूचकहरु घटेका छन् । कारोबारमा आएका समूहमध्ये सबैभन्दा धेरै अन्य समूह ८ दशमलव ३९ प्रतिशतले घटेको छ । यस्तै जलविद्युत समूह ६ दशमलव ६८ प्रतिशत, निर्जीवन बीमा समूह ५ दशमलव ४८ प्रतिशत, जीवन बीमा समूह ५ दशमलव ०५ प्रतिशत, व्यापार समूह ४ दशमलव २८ प्रतिशत, विकास बैंक समूह ३ दशमलव ६९ प्रतिशत, बैंकिङ समूह २ दशमलव ९७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २ दशमलव ९२ प्रतिशत, होटल समूह २ दशमलव ६३ प्रतिशत, फाइनान्स समूह २ दशमलव ३५ प्रतिशत र म्युचुअल फण्ड समूहका शुन्य दशमलव ९९ प्रतिशतले घटेको छ ।

नेप्से परिसूचकमा भारी गिरावट आएपनि १४ वटा कम्पनीका शेयरधनीले भने कमाएका छन् । युनाइटेड इदी–मर्दी आरबी जलविद्युतका शेयरधनीले झण्डै १० प्रतिशतले कमाएका छन् । सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले गुमाएका छन् । यस बाहेक विभिन्न १२ कम्पनीका शेयरधनीले ९ प्रतिशत भन्दा बढी गुमाएका छन् । जसमध्ये नेरुडे लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, छ्याङ्दी जलविद्युत, अपर तामाकोशि जलविद्युत कम्पनी लगायतका कम्पनीका शेयरधनी रहेका छन् । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार सबैभन्दा धेरै १ अर्ब ६ करोड ८४ लाख ६३ लाख रुपैयाँ बराबरको भएको छ ।