१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको विश्वासको मत र सदनको क्यालेन्डरबारे सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल



file photo
अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने विषयमा छलफल गर्नुभएको छ ।

आज भएको छलफलमा प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे छलफल भएको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

यस्तै, सदन चलाउने क्यालेण्डरको विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

‘आजदेखि १५ गतेसम्मको बैठक कुन कुन दिनमा बस्ने, विधेयकहरूमाथि छलफल गर्नको लागि समितिलाई कहिले समय दिने, थप छलफलको लागि भोलि दिउँसो १ बजे बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले निर्णय गर्छ ।’ उहाँले भन्नुभयो ।