१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनी ला लिगा: रियलको लगातार पाँचौं जित



अ+ अ-

म्याड्रिड । रियल म्याड्रिडले स्पेनी ला लिगामा आइतबार आइबरलाई ३–१ ले हरायो । करिम बेन्जेमाले आफू उत्कृष्ट लयमा रहेको सावित गर्दै एक गोल र अर्को दुई गोलमा सहयोगी भूमिका निभाएपछि आइबरमाथी जित पक्का गरेको हो । 

रियलको यो लगातार पाँचौं जित हो । यससँगै रियलले लिग तालिकाको शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँग अंक बराबरी गरेको छ ।

दुवै म्याड्रिड क्लबको २९ अंक भएको छ । एटलेटिकोले रियलको तुलनामा दुई खेल कम खेलेको छ । आइबर १५ अंकसहित १४ औं स्थानमा छ ।