१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त



अ+ अ-

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त हुनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बडाल महान्यायाधिवक्ता नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बिज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।

बिज्ञप्तिमा भनिएको छ – सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको सविधानको धारा १५७को उपधारा (२) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा काठमाडौ महानगरपालीका वड ानं ७ चाबहिल निवासी बरिष्ठ अधिवक्ता रमेश बडाललाई नेपालको महान्यायधिवक्ता पदमा नियुक्त गर्नुभएको छ ।

सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

बडाल यसअघि ओली प्रधानमन्त्री हुँदा २०७७ चैत ६ गते पहिलोपटक महान्यायाधिवक्ता नियुक्त हुनु भएको थियो । तर सर्वोच्च अदालतको परमादेशले ओली सरकार ढलेर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि बडालले पनि राजीनामा दिनुभएको थियो ।

बडाल नेपाली कांग्रेससँगको सत्ता गठबन्धन निर्माण गर्न सक्रिय रहनु भएको थियो ।