६ श्रावण २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हार्दिक पाण्ड्याबाट टाढा हुँदैछन् अगस्त्य ? नतासाले घर छोडेर फ्लाइट समातिन्



अ+ अ-

एजेन्सी । भारतीय टोलीका स्टार अलराउन्डर हार्दिक पाण्ड्या र उनकी श्रीमती नतासा स्टान्कोभिकबीच केही समयदेखि राम्रो सम्बन्ध चलिरहेको छैन । यो जोडीको वैवाहिक जीवनमा कलह रहेको बताइएको छ ।

आईपीएल २०२४ मा मुम्बई इन्डियन्सको कप्तानी गर्दा हार्दिकलाई धेरै ट्रोलको सामना गर्नु परेको थियो, सबैले उनलाई समर्थन गरिरहेका थिए, तर नताशा यस्तो कठिन समयमा उनको साथमा देखिइनन् ।

जसबाट दुईबीच केही नमिलेको चर्चा सुरु भयो । यसपछि हार्दिक पाण्ड्याले २०२४ को टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै भारतको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए तर उनको उत्कृष्ट प्रदर्शनका बाबजुद नताशाले उनको लागि कुनै पोस्ट पनि सेयर गरिनन् ।

यसैबीच, हालै नताशा स्टान्कोभिकले आफ्नो इन्स्टाग्राम खातामा एउटा स्टोरी सेयर गरेकी छिन्, जसमा सामान देखिन्छ ।

हालै हार्दिक पाण्ड्या र उनकी श्रीमती नताशा स्टान्कोभिक छोरा अगस्त्यसँग चार्टर्ड फ्लाइटमा उडिरहेको देखिएका थिए, जसको भिडियो भाइरल भइरहेको छ । सम्बन्धविच्छेदको खबरकाबीच नताशाले आफ्नो इन्स्टाग्राममा एउटा स्टोरी सेयर गरेर आफ्ना फ्यानहरूलाई चकित पारिन् ।

उनले ‘यो वर्षको त्यो समय हो’ शब्दहरू सहितको सुटकेसको तस्विर पोस्ट गरेर आफ्नो गृहनगर सर्बिया फर्कने संकेत गर्दै विमान र घरको इमोजी पनि पोस्ट गरेकी छन् । उनले आँसुले भरिएको इमोजी पनि सेयर गरेकी छन् । यस क्रममा उनी छोरा अगस्त्यसँग देखिएकी थिइन् । यस्तो अवस्थामा उनले घर छोडेर गएको अनुमान गरिएको छ ।