काठमाडौं । सोमबार पहिलो घण्टामा नेप्से परिसूचक ९ दशमलव १९ अंकले बढेको छ । १ हजार ९१९ दशमलव शून्य ५ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ४८ प्रतिशतले बढेर १ हजार ९५१ दशमलव १० विन्दुमा पुगेको छ ।
पहिलो घण्टाको अवधिमा १८६ ओटा कम्पनीको रू. २ अर्ब ४२ करोड २७ लाख बराबरको ३७ लाख ६५ हजार ९१ कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार २२ हजार ५९६ पटकको व्यापारमा भएको हो । यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ ।
यस अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३८ करोड २१ लख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार १३५ मा कारोबार भइरहेको छ ।