१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चाको बैठकमा गएनन् उपेन्द्र यादव



अ+ अ-

काठमाडौं । ४ कम्युनिष्ट घटक मिलेर बनेको समाजवादी मोर्चाको बैठक बसिरहेको छ । मोर्चाको बैठक नेकपा (एकीकृत समाजवादी)को पार्टी मुख्यालय, आलोकनगरमा बसिरहेको छ ।

बैठकमा मोर्चालाई बलियो बनाउने विषयमा छलफल भइरहेको जनाईएको छ । बैठकको अध्यक्षता नेकपाका महासचिव नेत्रविक्रम चन्दले गरेका छन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव र सह–अध्यक्ष गंगानारायण श्रेष्ठ सहभागी छन् ।

यस्तै, बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल, प्रमेश हमाल र जीवनराम श्रेष्ठलगायत सहभागी छन् ।

यस्तै, माओवादी केन्द्रबाट अध्यक्ष दाहालसहित उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ सहभागी छन् । नेकपाबाट महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी छन् ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव भने सहभागी छैनन् । गत वैशाखमा पार्टी विभाजन भएपछि उनी समाजवादी मोर्चाबाट अलगिएका छन् ।