काठमाडौं । सर्वोच्च अदालतमा सरकारको कदमविरुद्ध १३ वटा रिट दर्ता भएको छ । आईतबार प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गर्ने निर्णयका विरुद्ध अदालतमा पेश भएका १३ वटा रिट दर्ता भएको हो ।
आइतबार र सोमबार दर्ता भएका ती रिटमाथिको पेशी बुधबारका लागि तोकिएको छ । सर्वोच्चमा परेका सबैजसो रिटमा संसद विघटन असंवैधानिक भन्दै खारेज गर्न माग गरिएको छ ।











