११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार नेप्से परिसूचक ३० अंकले बढेर १९६५.९६ विन्दुमा बन्द



अ+ अ-

काठमाडौं । सोमबार नेप्से परिसूचक ३० दशमलव ३३ अंक उकालो लागेको छ । यस दिन शेयर बजार १ हजार ९६५ दशमलव ९६ विन्दुमा पुगेको हो । 

कारोबारमा आएका २०२ ओटा कम्पनीमध्ये १२३ ओटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३८ ओटा कम्पनीको शेयर मूल्य घटेका छन् । त्यसैगरी १४ ओटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। सोमबार २०२ ओटा कम्पनीको १ करोड २३ लाख ८२ हजार ४८२ कित्ता शेयर ६४ हजार ९३८ पटकमा रू. ६ अर्ब ६९ करोड ८८ लाख ७४ हजार ४८२ बरावरको शेयर खरीदविक्री भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको रू. ७२ करोड ८८ लाख ६९ हजारभन्दा बढीको शेयर खरीदविक्री भएको हो । दोस्रोमा नेपाल पुनर्बीमा कम्पनीको रू. ५७ करोड ३९ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ । आइतवार राजनीतिक अन्योलतका कारण बजार ९६ अंक घटेको थियो ।

कारोबारमा आएका १२ ओटा समूहमध्ये व्यापार समूहको परिसुचक १ दशमलव ९३ प्रतिशत, होटल समूहको परिसूचक १ दशमलव २ प्रतिशत र म्युचुअल फण्डको परिसूचक शून्य दशलमव १९ प्रतिशत घटेको छ भने बाँकी समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको परिसूचक ३ दशमलव ०४ प्रतिशत वृद्धि भएको छ । 

यस दिन सबैभन्दा बढी एनआईसी एशिया बैंकको शेयर मूल्य ९ दशमलव ९० प्रतिशत वृद्धि भएको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७७७ पुगेको छ ।दोस्रोमा एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ६ दशमलव २२ प्रतिशत वृद्धि भएको हो । त्यसैगरी सोमबार सबैभन्दा बढी नारायणी डेभलपमेण्ट बैंकका शेयरधनीले धेरै गुमाएका छन् । बैंकको शेयर मूल्य ९ दशमलव ८७ प्रतिशतले घटेर रू. ४८४ मा झरेको छ । त्यसैगरी दोस्रोमा युनाइटेड इदी मर्दी कम्पनीको शेयर मूल्य ९ दशमलव ८५ प्रतिशतले घटेको छ ।

 




भर्खरै