१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने बिपी राजमार्गका सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ मन्त्रीहरूको वरीयता



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

नवनियुक्त प्रधानमन्त्री ओलीले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

यस्तै, नवनियुक्त मन्त्रीहरुले पनि आजै शपथ लिनुभएको छ । सोमबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओली मुलुकको ४५औँ प्रधानमन्त्री बन्नुभएको छ । सोमबारै उहाँले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयका अनुसार, प्रधानमन्त्री ओलीपछि मन्त्रिपरिषद्को दोस्रो वरीयतामा नेपाली कांग्रेसका तर्फबाट नेतृत्व गरेका उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह हुनुहुन्छ । यस्तै, वरीयताको तेस्रो नम्बरमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल हुनुहुन्छ ।

वरीयता सूची यसप्रकार छ –
१. केपी शर्मा ओली – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
३. विष्णु पौडेल – उपप्रधान तथा अर्थ
४. पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
५. रमेश लेखक – गृह
६. शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
७. आरजु राणा – परराष्ट्र
८. प्रदीप यादव – खानेपानी
९. बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१०. दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
११. नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१२. देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
१३. तेजुलाल चौधरी – युवा तथा खेलकुद
१३. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
१४. अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
१५. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१६. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी विकास
१७. विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
१८. मानवीर राई – रक्षा
१९. दीपक खड्का – ऊर्जा, जलस्रोत तथा सिँचाइ
२०. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
२१. ऐनबहादुर शाही – वन तथा वातावरण