१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उल्भ्समाथी बर्नलीको जित



अ+ अ-

लन्डन । इंग्लिस प्रिमियर लिगमा सोमबार रातिको  एस्ली बार्नस र क्रिस उडको गोलमा बर्नलीले उल्भ्सलाई २–१ ले हरायो । यससँगै बर्नली रेलिगेसन क्षेत्र छाड्न सफल रह्यो ।

टर्फ मुरमा ११ औं स्थानमा रहेको उल्भ्समाथि प्राप्त जितपछि बर्नलीको अपराजित यात्रा चार खेलसम्म पुगेको छ । टोली १३ अंकसहित १६ औं स्थानमा उक्लेको छ ।

आर्सनलको तुलनामा एक खेल कम खेलेर बर्नली उसको पछाडि रह्यो । उल्भ्सका लागि फाबियो सिल्भाले एक गोल फर्काए ।