९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

वामदेव दुबै बैठकमा नजाने, टोपबहादुर र मणी ओली तीर, हरिबोलको समर्थन दहाललाई

वामदेव दुबै बैठकमा नजाने, टोपबहादुर र मणी ओली तीर, हरिबोलको समर्थन दहाललाई
अ अ+ अ-

काठमाडौ । तत्कालीन  नेकपा एमाले र माओबादी केन्द्र बिच २०७५ जेठ तीन गते एकता भएको आज बाट औपचारीक रुपमा टुटदैछ । कानूनी र राजनीतिक रुपमा आफू बलियो देखाउनका लागि केपी ओली र पुष्पकमल दहाल पक्ष सक्रिय रहेका छन् । जसका कारण नेकपा विभाजन वा चोईटिने भन्ने प्रष्ट खाका आईसकेको छैन ।

प्रधानमन्त्री ओली निकट केन्द्रिय सदस्यहरुको बैठक बालुवाटारमा बस्ने तयारी मा छ भने दाहाल पक्षको केन्द्रिय समितिको बैठक पनि आजै दिउसो १ बजे कार्की पार्टी प्यालेश बबरमहलमा बस्दैछ । दुबै केद्रिय समितिको बैठकले एक अर्कालाई कारबाही गरेको घोषणा गर्दै थप नेतालाई जिम्मेवारी दिनेछन् । यसै बिच एकिकृत नेकपा रहँदाका नेताहरु यतिखेर दुबै तीरको तानातानमा परेका छन् ।  

नेकपामा वरिष्ठ उपाध्यक्ष रहनु भएका वामदेव गौतम दुबै पक्षको बैठकमा सहभागी हुनुभएको छैन र आज पनि दुबै समुहको छलफलमा नजाने हुनु भएको छ । यसै गरी गृहमन्त्री रामबहादुर थापा केही दिन यता दुबै समुहको छलफलमा सहभागी नभई आन्तरिक छलफलमा  रहनु भएको छ । पछिल्ला दिनमा दाहालसंग चित्त दुखाउदै निष्कृय बस्नु भएका हरिबोल गजुरेलले दाहाल समुहलाई साथ दिनुभएको छ ।