११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार शेयर बजार ५७.३८ अंकले बढ्यो, एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार



अ+ अ-

काठमाडौं । मंगलबार नेप्से कारोबार भएको पहिलो घण्टामा परिसूचक ५७ दशमलव ३८ अंकले बढेको छ । शेयर बजार पहिलो घण्टामा १ हजार ९८७ दशमलव ४८ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा २ दशमलव ९२ प्रतिशतले बढेर २ हजार ०२३ दशमलव ३४ विन्दुमा पुगेको छ ।

कारोबारको पहिलो घण्टामा नबिल बैंक र समृद्धि फाइनान्सको शेयरमूल्यको ९ दशमलव ९९ र ९ दशमलव ७६ प्रतिशतले बढेको छ । यस अवधिसम्म एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २६ करोड ५१ लख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ८४४ मा कारोबार भइरहेको छ ।

यस अवधिमा १९३ ओटा कम्पनीको रू. १ अर्ब ८८ करोड ४४ लाख बराबरको ३४ लाख १७ हजार ५५० कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार १५ हजार ४६५ पटकको व्यापारमा भएको हो ।

यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव शून्य २ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ ।
 




भर्खरै