१९ भाद्र २०८३, शुक्रबार
,
Latest
तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलुका ५ बजेपछि ओली प्रधानमन्त्रीमा नियुक्त हुने



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति हुँदै छन् ।

उनलाई आइतबार बेलुका ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी राष्ट्रपति कार्यालय शीतल निवासले गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न ५ बजेका लागि समय छुट्याएको बताइएको छ ।

संविधानको धारा ७६ (२) बमोजिम नियुक्तका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको समर्थन रहेको छ ।

यस्तै ओलीको शपथ सोमबार बिहान ११ बजेलाई राखिएको पनि राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

लोकतन्त्र प्राप्तिको सङ्घर्षमा लाग्नुभएका उनले लामो समय निरङ्कुश पञ्चायती शासन व्यवस्थामा कारबास भोगेका ओली यसअघि २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भइसकेका छन् ।