२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा

संरक्षणको पर्खाइमा विराट राजाको दरबार क्षेत्र

संरक्षणको पर्खाइमा विराट राजाको दरबार क्षेत्र
अ अ+ अ-

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पर्ने भेडियारी बस्तीमा रहेको प्राचिन विराट राजाको दरबार क्षेत्र ऐतिहासिक सम्पदाको रूपमा परिचित छ ।

विराटनगर महानगरपालिका–१८ भेडियारीमा रहेको यो क्षेत्रलाई पाँच हजार वर्ष पुरानो इतिहासका रूपमा चिनिन्छ । तर सम्बन्धित निकायबाट उपेक्षित अवस्थामा पुगेपछि महाभारतकालीन इतिहाससँग जोडिएको विराट राजाको दरबार क्षेत्र संरक्षणको पर्खाइमा छ । तीन तहको सरकारले यसको खोज अनुसन्धान, संरक्षण, संवद्र्धन र विकासमा चासो नदिँदा स्थानीय स्वयं अग्रसर बनेका छन् ।

राजा विराट र उनको दरबारप्रति अगाध मोह र विश्वास राख्ने स्थानीय आगन्तुकलाई स्वयंसेवी रूपमा ‘गाइड’ गरिरहन्छन् । इतिहासका दृष्टिले प्रसिद्ध रहेको यो क्षेत्रमा अपेक्षाकृत ढंगले सरकारको चासो नपरेका कारण निराश बनेका स्थानीय विराटनगरको नाम र सम्मानसँग जोडिएको यो क्षेत्रमा राम्ररी उत्खनन गरी बहुमूल्य सामग्रीको अन्तर्राष्ट्रियस्तरको संग्रहालय बनाइसक्नुपर्ने भएपनि त्यसो हुन नसकेको गुनासो गर्छन् ।

विराट राजाको प्राचीन दरबार क्षेत्रमा महाभारत कालमा पाँच पाण्डव युधिष्ठिर, भीम, अर्जुन, नहकुल र सहदेव र पाँच पाण्डव पत्नी द्रौपदी एक वर्षसम्म विराट राजाको दरबारमा गुप्तवास बसेको विश्वास गरिन्छ । जसक्रममा उनीहरूले आफ्नो भेस नै बदलेर राजा विराटको दरबारमा लुकेर बसेको जनविश्वास रहँदै आएको छ । विराटनगरको मुख्य बजारबाट करिव १० किलोमिटर दक्षिणमा रहेको यो क्षेत्रमा अलग–अलग समयमा उत्खनन् हुँदा थरीथरीका पुरातात्विक सामग्रीहरू फेला परेका छन् । जसलाई संग्राहालय स्थापना गरेर संरक्षण गरिएको छ । विभिन्न क्षेत्रमा भेडियारी बस्ती वरिपरि उत्खनन् गर्दा थुप्रै पुरातात्विक अवशेषहरू फेला परेका छन्, जसलाई आफ्नै किंवदन्ती तथा राजा विराटको गाथासँग गाँसेर पुरातत्वविदहरूले प्रमाणित गर्ने जमर्को गरेका छन् ।

उत्खनन्का बेला फेला परेका खेतीपाती गर्दा, घर बनाउँदा, शिकार खेल्दा, घरायसी काम गर्दाका वस्तु, ढुंगाको पिर्का र शिवलिंग आकारका वस्तुहरू स्थानीय संरक्षणकर्ता कमलकिशोर यादवले संरक्षण गरेर राख्नुभएको छ । जमिनको गर्भगृहबाट सतहमा निस्केर भेडियारी बस्ती र सिंगो विराटनगर शहरकै कथा सुनाउने महत्वपूर्ण पुरातात्विक सामग्रीहरू कमलकिशोरको संग्रहालयमा सुरक्षित छन् ।

ऐतिहासिक र पुरातात्विक महत्वका क्षेत्रलाई संरक्षण, संवर्धन र विकास गरेमा एउटा नमूना पर्यटकीय स्थल बन्नेमा दुई मत छैन । तर यस क्षेत्रको संरक्षण, संवर्धन र जगेर्नामा सम्बन्धित निकायले चासो नदिँदा स्थानीयले संरक्षण–प्रवद्र्धनको जिम्मेवारीमा काँध थापेका छन् । करिव २८ वर्षअघि समिति बनाएर आफू नेतृत्वको संस्था दर्ता गरेका संरक्षक कमलकिशोर यादव र समितिको पदाधिकारीका रूपमा रहेका केही स्थानीयले यसको रेखदेख गरिरहेका छन् । प्राचिन सम्पदा एवं जमिनभित्रका बहुमूल्य वस्तु नासिने, मासिने र चोरी हुने जोखिम टार्नेगरी उनीहरू लागिपरेका छन् । विराट राजाको दरबार ब्युँताउनेगरी तीनै तहका सरकार लाग्नुपर्ने भएपनि केन्द्रिय सरकार र प्रदेश सरकारबाट अपेक्षाकृत काम नभएको विराटनगर–१८ का वडाध्यक्ष जितेन साह बताउनुहुन्छ ।

विराटनगर महानगरपालिकाले भने यस क्षेत्रमा विराट राजाको दरबार बनाउने योजनालाई पूर्णता दिन विगत लामो समयदेखि कसरत गर्दै आएको जनाएको छ । विराट राजाको दरबार परिसरमा रहेको धरोहर पोखरी झन्डै १ करोड लागतमा निर्माण भइसकेको छ । विराट राजाको दरबारमा ऐतिहासिकता र आधुनिकताको संगम हुनेगरी काम गरिरहेको महानगर प्रमुख नागेश कोईराला बताउनुहुन्छ ।

कोशी प्रदेश सरकार पनि ऐतिहासिक विराट राजाकोे दरबारमा खोज अनुसन्धान, संरक्षण, संवद्र्धन र विकासमा काम गर्ने तयारीमा छ । यसअघि प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले विराट राजदबारको क्षेत्रलाई पहिचान गरी विकास गर्नेगरी बजेट विनियोजन गरेको थियो ।

तथापि संघीय सरकारमातहतको पुरातत्व विभागले यसको खोज–अनुसन्धान, संरक्षण र विकास गरिरहेकाले त्यसैमा पर्यटन प्रवद्र्धन हुनेगरी सघाउ भुमिकामा काम गरिरहेको मन्त्रालयका सचिव विशाल घिमिरेको भनाइ छ ।

ऐतिहासिक र पुरातात्विक सम्पदा मासिनु भनेको जनताको स्मृति मासिनु हो । आउने पुस्ताले सुन्ने र सुनाउने कथाहरू मासिनु हो । यसैले यहाँ जमिनमुनि पुरिएर रहेका मन्दिर र दरबार उत्खनन गरी जिर्णोद्धार बनाएर जीवित उदाहरण बनाएमा समृद्ध मुलुकको अभियानलाई सार्थकता तुल्याउन सकिन्छ । यस क्षेत्रको विकासका लागि राज्यमात्र नभएर गैर–सरकारी संस्था, धार्मिक संघ–संस्थाहरूको पनि उत्तिकै भूमिका हुनसक्छ । —न्युज एजेन्सी नेपाल