काठमाडौँ । पुर्वमन्त्री युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत पदमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई राजदूत पदमा नियुक्त गरेकी छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी हुन्।











