२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजारमा देखिएन राजनैतिक असर, करीब ७ अर्बको कारोबार हुँदै हालसम्मकै उच्च अंकले उकालो लाग्यो



अ+ अ-

काठमाडौं । मंगलबार शेयर बजार ९५ दशमलव ४६ अंकले बढेर २ हजार ६१ दशमलव ४१ विन्दुमा पुगेको छ । यो दिन हालसम्मकै उच्च अंकले शेयर बजार बढेको हो । कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १५ दशमलव १८ अंक बढेर ३९१ दशमलव ७४ विन्दुमा पुगेको छ ।

यो दिन १७५ ओटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२ ओटा कम्पनीको घटेको छ । बाँकी १८ ओटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यस दिन शिखर इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरमूल्य १० प्रतिशतले बढेको छ भने नबिल बैंकसँगै ११ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

हालसम्मकै उच्च अंकले बजार बढेको दिन नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ९२ प्रतिशत र युनाइटेड इदी मर्दीको शेयरमूल्य ९ दशमलव ९० प्रतिशतले घटेको छ ।

नेप्से परिसूचक वृद्धिसँगै मंगलबार कारोबार रकम पनि रू. ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार रहेको छ । यो दिन २०५ ओटा कम्पनीको ५५ हजार ७२१ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड २७ लाख १७ हजार १४६ कित्ता शेयर कारोबार भएको छ ।

यो दिन कारोबार रकममा सर्वाधिक कारोबार नेपाल लाइफ इन्स्योरेन्सले ओगटेको छ । उक्त कम्पनीको रू. ८६ करोड ३६ लाख ८२ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक कारोबार गरेको उक्त कम्पनीको शेयरमूल्य पनि ९ दशमलव ९६ प्रतिशत बढेको छ । प्रतिकित्ता रू. २१३ ले बढेर उक्त कम्पनीको मंगलबार अन्तिम शेयरमूल्य रू. २ हजार ३५१ पुगेको हो ।

यस दिन १ हजार ९८७ दशमलव ४८ विन्दुदेखि खुला भएको बजार निरन्तर बढेर बन्द भएको हो । यसअघि २०७३ साल साउन २५ गते बजार ८४ दशमलव ५१ अंकले बढेको थियो । त्यसपछिको उच्च अंकको वृद्धि मंगलबारको बजारमा भएको हो । यो दिन कारोबारमा आएका १२ ओटै समूहको परिसूचक बढेको छ ।

बैंकिङ समूहको ४ दशमलव ४२ प्रतिशत, व्यापारिकको ४ दशमलव शून्य ९ प्रतिशत, होटलको १ दशमलव शून्य ८ प्रतिशत, विकास बैंकको ३ दशमलव ११ प्रतिशत, जलविद्युतको ५ दशमलव १४ प्रतिशत, वित्तको ३ दशमलव शून्य १ प्रतिशत, निर्जीवन बीमाको ५ दशमलव ७३ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ३५ प्रतिशत, अन्यको ५ दशमलव शून्य ४ प्रतिशत, लघुवित्तको ३ दशमलव ३६ प्रतिशत, जीवन बीमाको ७ दशमलव ४३ प्रतिशत र म्यचुअल फण्डको शून्य दशमलव ७२ प्रतिशतले परिसूचक बढेको हो ।