नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको अध्यक्षमा वरिष्ठ नेता नेपाललाई चयन गरेको छ । रोल…
काठमाडौंको बबरमहलमा मंगलबार बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक राजनीतिक परिर्वतन, संविधान, लोकतन्त्र, पार्टी एकताको विरुद्धमा कार्य गरेकाले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेको ठहर गर्दै पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारवाही गरि पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्दै सो स्थानमा माधवकुमार नेपाललाई सर्वसम्मति चयन गरेको हो । बैठकले पुस ५ गते भएको संसद विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी र स्वच्छेचारी ठहर्दै भत्र्सना गरेको छ । साथै बैठकले अबिलम्ब संसदको कार्य सञ्चालन गर्न तथा सो निर्णयको विरुद्धमा संघर्ष गर्ने घोषणा पनि गरेको छ ।
बैठकले स्थायी समितिमा रिक्त रहेको स्थानमा कृष्ण बहादुर महरालाई नियुक्त गर्ने स्थायी समितिको बैठकको निर्णयलाई सर्वसम्मति अनुमोदन पनि गरेको छ ।








