• २४ भाद्र २०८१, सोमबार
  •      Mon Sep 9 2024
  •   Unicode
Logo
Latest
★   नदी किनाराबारे सर्वोच्चको फैसला बिरुद्ध तत्कालै पुनरावलोकनमा जानुपर्छ: सांसद पाण्डे ★   रास्वपा सांसद पराजुलीको प्रश्न: धनराज गुरुङलाई सहकारी ठगीमा छानविन गर्ने कि नगर्ने ? ★   वरियताक्रम मिचेर मुख्यसचिव नियुक्त गर्दा सचिवहरु आतंकित भए: सांसद तामाङ ★   मेयर बालेन्द्र साहलाई एमाले सांसद पन्तको आग्रह: जनतालाई मर्कापर्ने काम नगर्नुस् ★   शुन्य समयमा बोल्दै सांसदहरुले सरकारलाई गराए ध्यानाकर्षण ★   पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दिए राजीनामा ★   नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकबारे परिणाममुखी छलफल: गृहमन्त्री लेखक ★   इडिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ ★   ‘हेर्दा राम्रो मार्फा गाउँ…’ ★   कपाल किन झर्छ र तालु किन खुइलिन्छ ?

‘पहिरोले बगाएको बसमा सात भारतीय थिए’



मुग्लिन (चितवन): नारायणगढ– मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एकमा सात भारतीय नागरिक रहेका खुलेको छ ।

वीरगन्जबाट काठमाडौतर्फ गइरहेको वाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसमा चालकसहित बसका तीन जना कर्मचारी, १४ जना यात्री र भारतीय नागरिक सातजना गरी २४ जना रहेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले राससलाई जानकारी दिनुभयो ।

हालसम्म जिल्ला प्रशासन कार्यालयले सातजना भारतीय नागरिकसहित १७ जनाको विवरण सार्वजनिक गरेको छ । सोही मार्गभएर काठमाडौंबाट रौतहटको गौरतर्फ गइरहेको अर्को बस पनि त्रिशूलीमा खसेको छ । नदीमा खसेको बस अहिलेसम्म भेटिएको छैन । सो बसका यात्रुमध्ये तीनजना पौडिएर बाँच्न सफल भएका छन् ।

पहिरोले बगाएका दुवै बस र तिनमा सवार यात्रुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको छ ।रासस