१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

गणेश महोत्सव आज समापन गरिँदै

गणेश महोत्सव आज समापन गरिँदै
अ अ+ अ-

काठमाडौँ । श्री गणेश युवा समिति काठमाडौँद्वारा आयोजित तीनदिने गणेश महोत्सव भगवान् गणेशको विशेष पूजा आराधनासहित आज समापन गरिँदै छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिका दिनलाई गणेश चौथीका रुपमा वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीले विशेष पूजाआर्चना गरी मनाउने गर्दछन् ।

समितिले बत्तीसपुतलीमा गणेशका मूर्ति स्थापना गरेर शनिबारदेखि तीन दिनसम्म विशेष पूजाआराधनासहित महोत्सव मनाएको समितिका अध्यक्ष मुकेश साहले बताउनुभयो ।

महोत्सवमा पूजा गर्न भक्तजनको घुइँचो लागेको थियो । गणेशलाई लड्डु (मोदक)चढाएर आफ्नो मनोकामना पूरा हुने जनविश्वासअनुसार अधिकांश भक्तजन लड्डु बोकेर महोत्सवमा पुगेका अध्यक्ष साहले जानकारी दिनुभयो ।

कुनै पनि धार्मिक कार्य सुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । तीनदिनसम्म भक्तजनले गणेशको पूजा गरी दिनभर नाचगान र व्रत बसेका थिए । कुनै कार्य थालनी गर्नुअघि विघ्नबाधा उत्पन्न नहोस् भनेर हिन्दू धर्मसंस्कारमा भगवान् श्री गणेशको आराधना र स्मरण गर्ने प्रचलन रहेको छ ।

हिन्दू वैदिक विधिअनुसार स्थापना गरिएको गणेशका मूर्तिलाई आज साँझ गौरीघाट नजिक बागमती नदीमा लगेर विसर्जन गरिने अध्यक्ष साहले बताउनुभयो । मूर्ति विसर्जनका बेला भक्तजनले ठूलो लस्कर निकाल्ने तयारी गरेका उहाँले जानकारी दिनुभयो । रासस