• २४ भाद्र २०८१, सोमबार
  •      Mon Sep 9 2024
  •   Unicode
Logo
Latest
★   नदी किनाराबारे सर्वोच्चको फैसला बिरुद्ध तत्कालै पुनरावलोकनमा जानुपर्छ: सांसद पाण्डे ★   रास्वपा सांसद पराजुलीको प्रश्न: धनराज गुरुङलाई सहकारी ठगीमा छानविन गर्ने कि नगर्ने ? ★   वरियताक्रम मिचेर मुख्यसचिव नियुक्त गर्दा सचिवहरु आतंकित भए: सांसद तामाङ ★   मेयर बालेन्द्र साहलाई एमाले सांसद पन्तको आग्रह: जनतालाई मर्कापर्ने काम नगर्नुस् ★   शुन्य समयमा बोल्दै सांसदहरुले सरकारलाई गराए ध्यानाकर्षण ★   पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दिए राजीनामा ★   नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकबारे परिणाममुखी छलफल: गृहमन्त्री लेखक ★   इडिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ ★   ‘हेर्दा राम्रो मार्फा गाउँ…’ ★   कपाल किन झर्छ र तालु किन खुइलिन्छ ?

प्राकृतिक विपद्‌बाट सुरक्षित रहन आवश्यक सतर्कता अपनाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह



काठमाडौँ । पूर्वराष्ट्रपति बिद्यादेबी भण्डारीले प्राकृतिक विपद्‌बाट सुरक्षित रहन आवश्यक सतर्कता अपनाउन समेत सबैमा अनुरोध गर्नुभएको छ ।

उहाँले बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपद्‌बाट सुरक्षित रहन आग्रह गर्दे मानव जिवनको रक्षाको लागि सम्बन्धित सबैको पक्षको ध्यानाकर्षण गराउनु भएको छ ।

उहाँले मनसुनजन्य विपद्‍बाट हुने क्षति न्यूनीकरणका लागि गरिने पूर्वतयारीमा राहत एवं उद्धारका साथै वैज्ञानिक–प्राविधिक अध्ययनको आधारमा जोखिम विश्लेषण गरी त्यस्तो स्थानमा रहेका मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना समावेश गर्न म सम्बन्धित निकायहरूको ध्यान आकृष्ट गराउनु भएको छ ।

उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ –

नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा दुईवटा यात्रुबाहक बसलाई पहिरोले बगाउँदा करिब पाँच दर्जन यात्रु बेपत्ता तथा कास्कीका विभिन्न स्थानमा गएको पहिरोमा परी ११ जनाको मृत्यूका साथै यस वर्षको मनसुन सुरु भएयता ओखलढुङ्गा, ताप्लेजुङ, अर्घाखाँची, मकवानपुर, दोलखा, काठमाडौं, रसुवा, गोरखा, तनहुँ, रूकुम पश्चिम, बैतडी लगायत देशका विभिन्न स्थानमा भएका बाढी–पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दछु ।

वेपत्ता यात्रुहरूको यथाशीघ्र खोजी तथा उद्धार एवं घाइतेहरूको उपचारका साथै मनसुनजन्य विपद्‍बाट हुने क्षति न्यूनीकरणका लागि गरिने पूर्वतयारीमा राहत एवं उद्धारका साथै वैज्ञानिक–प्राविधिक अध्ययनको आधारमा जोखिम विश्लेषण गरी त्यस्तो स्थानमा रहेका मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना समावेश गर्न म सम्बन्धित निकायहरूको ध्यान आकृष्ट गर्दछु । साथै, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपद्‌बाट सुरक्षित रहन आवश्यक सतर्कता अपनाउन समेत सबैमा अनुरोध गर्दछु ।