२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालीको सिरी ए: युभेन्टसको पहिलो हार



अ+ अ-

मिलान । मंगलबार इटालीको सिरी ए मा च्याम्पियन युभेन्टसले सिजनको पहिलो लिग हार बेहोरेको छ । युभेन्टसलाई फियोरेन्टिनाले ३–० ले हरायो । खेलको अन्त्यमा युभेन्टस १० खेलाडीमा पनि सीमित रहेको थियो । जुवान कउड्राडोलाई १८ औं मिनेटमा मैदान छाड्नु परेको थियो । फियोरेन्टिनाले प्रशिक्षक सिसर प्रान्डाली आएयता यसअघिका ६ खेल जित्न सकेको थिएन ।

तर यसपल्टको जितमा उसको भन्दा पनि युभेन्ट्सको कमजोर डिफेन्स बढी जिम्मेवार रह्यो । विशेषतस् लियोनार्डो बोनुचीले युभेन्ट्सका लागि बिर्सनलायक खेल खेले । फियोरेन्टिनाका लागि डुसान भ्लाहोभिच र मार्टिन सेसर्सले गोल गरे । अर्को गोल एलेक्स सान्ड्रोको नाममा आत्मघाती रह्यो ।

यो हारपछि युभेन्टस १३ खेलबाट २४ अंकमा सीमित रह्यो र चौथो स्थानमा रह्यो । यो शीर्ष स्थानमा रहेको एसी मिलानसँग सात अंकको दूरी हो । लगातार दसौं पल्ट लिग उपाधि जित्ने होडमा रहेको युभेन्टसको अहिलेको लयले त्यस उपलब्धिलाई हात पार्न गाह्रो हुने देखिएको छ ।