३० श्रावण २०८३, शनिबार
,
Latest
कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिराको उच्च जोखिममा रहेका छ परिवारलाई सुरक्षित स्थानमा सारियो



फाईल फोटो
अ+ अ-

म्याग्दी । पहिराको उच्च जोखिममा रहेको जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ हल्लेखर्क रोहोटेका छ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । म्याग्दी हाइड्रोपावरले निर्माण गरेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको सुरुङको आउटलेट आसपासको क्षेत्रमा जमिन चिराचिरा परेर बग्न थालेपछि जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।

रामजी बरुवालको परिवारलाई स्थानीय मन्दिरमा राखिएको बताउँदै अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले अन्य परिवारलाई आफन्त तथा अन्यत्र रहेका उहाँहरूकै घरगोठमा सारिएको जानकारी दिनुभयो । उहाँका अनुसार चक्रबहादुर बरुवाल, दुर्गाबहादुर बरुवाल, गणेश खड्का, रगुन खड्का, मनबहादुर बरुवाल र नेत्रबहादुर खड्काको परिवार विस्थापित भएका हुन् ।

सामान्य जोखिममा रहेका दुई परिवारलाई सतर्कता अपनाउन अनुरोध गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो । उहाँका अनुसार घारखोलाको आउटलेटको दुई किलोमिटर वरपरको क्षेत्र धाँजा फाटेर खेतीयोग्य जमिन र बस्ती जोखिममा परेको हो ।

जनप्रतिनिधि, सुरक्षाकर्मीले घरका सामग्री सार्न सहयोग गर्नुका साथै अन्नपूर्ण गाउँपालिकाले प्रारम्भिक राहत सामग्री सहयोग गरेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर घारखोलाको सुरुङ खन्ने क्रममा भएको कम्पन्नको असर अहिले देखिन थालेको स्थानीयले बताएका छन् । रासस