१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ

अविरल वर्षासँगैको बाढीपहिरोबाट एक सय एकको मृत्यु

अविरल वर्षासँगैको बाढीपहिरोबाट एक सय एकको मृत्यु
अ अ+ अ-

काठमाडौँ । देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन् ।

गत जेठ २८ गते बिहान ९ बजेदेखि आज असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परी एक सय एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जेठ २८ गते बिहान ९ बजेदेखि आज बिहान ८ बजेसम्ममा बाढीपहिरामा परी एक सय एक जनाको मृत्यु, एक सय आठ जना घाइते र छ जना बेपत्ता भएका छन् ।”

यसैगरी बाढीपहिरो तथा विपद्का कारण काठमाडौँमा एक जना, कोशी प्रदेशमा १९, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा छ, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनागरी जम्मा एक सय एक जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मृत्यु भएकाहरुमध्ये बाढीबाट २७, पहिरामा परी ५० र चट्याङ्बाट २३ जनाको मृत्यु भएको प्रवक्ता कार्कीले बताउनुभयो । अविरल वर्षाकै कारण हालम्म एक सय आठ जना घाइते भएका तथा छ जना बेपत्ता भएका छन् । बेपत्ता भएकामा कोशी प्रदेशमा दुईजना, बागमती प्रदेशमा दुईजना, गण्डकीमा एकजना तथा सुदूरपश्चिम प्रदेशमा एकजनागरी छ जना रहेका छन् ।

बाढीपहिरो तथा विपद्का कारण काठमाडौँ तीन, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा सात जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा १५ जना तथा सुदूरपश्चिम प्रदेशमा ११ जनागरी जम्मा एक सय आठ जना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाढीपहिरोबाट अहिलेसम्म रु ४१ लाख २० हजार बराबरको क्षति भएको तथा उद्धारका लागि पाँच सय एक जना प्रहरी परिचालन भएका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

यसैगरी देशव्यापी रूपमा तीनवटै सुरक्षा निकायबीचको समन्वय र सहकार्यसहित प्रभावित क्षेत्रमा परिचालित भई खोज तथा उद्धार कार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस