२ पुष २०८२, बुधबार
,
Latest
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा दुई बस खसेको घटनाप्रति सभापति देउवाद्वारा दु:ख व्यक्त



file photo
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकको सिमलतालको पहिरोमा दुईवटा यात्रीवाहक बस परेका खबरले आफू मर्माहत भएको बताउनुभएको छ । सभापति देउवाले आज एक विज्ञप्ति निकालेर त्रिशूली नदीमा आज बिहान दुवै बस खस्दा करिब ६५ जना यात्रीको अवस्था अज्ञात रहेको घटनाप्रति दु:ख व्यक्त गर्नुभएको छ ।

अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरो र डुबानमा परी भएको जनधनको क्षति भएकोप्रति पूर्वप्रधानमन्त्री देउवाले गहिरो दु:ख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले युद्धस्तरमा उद्धार, हराएकाहरूको खोजी, नागरिकलाई सुरक्षितस्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतका  कार्यमा सक्रियता साथ लाग्न आग्रह गर्नुभएको छ ।

बाढीपहिरोको जोखिम बढ्नसक्ने अवस्थालाई दृष्टिगत गरेर देशभर सबैलाई सजग भएर त्यसको सामना गर्न आग्रह गर्दै तीनवटै तहका सरकारलाई समन्वय र व्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारीको कार्य गर्न सभापति देउवाले अनुरोध पनि गर्नुभएको छ ।

स्थानीय पार्टीपङ्क्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन दिँदै सभापति देउवाले पार्टीका साथीहरूलाई व्यवस्थित ढङ्गले प्रभावकारी रूपमा काम गर्न आग्रह गर्नुभएको छ ।