• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

संसद् बैठकपछि प्रचण्डले पेरिसडाँडाबाट विशेष सम्बोधन गर्दै



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् बैठकपछि पार्टी कार्यालयबाट विशेष सम्बोधन गर्ने तयारी गरेका छन् ।

देशमा विकसित पछिल्लो राजनैतिक घटनाक्रमको विषयमा पार्टी कार्यालय पेरिडाँडाबाट प्रचण्डले जनतालाई विशेष सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले संसदबाट केहीबेरमा विश्वासको मत लिन लागेका छन् । प्रधानमन्त्रीले विश्वासको मत नपाउने निश्चित भईसकेको छ ।

यस्तै, प्रधानमन्त्री परिवारले आजै सरकारी निवास बालुवाटार छोड्ने तयारी गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

यसैबिच, कांग्रेस(एमाले गठबन्धनले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा प्रस्तावित गर्ने तयारी गरेको छ ।