२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा २२ सय बिन्दु पार, ७ अर्बको कारोबार



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक २९ दशमलव २१ अङ्कले उकालो लागेर दुई हजार दुई सय चार दशमलव ६१ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ९० अङ्कले उकालो लागेर तीन सय ९१ दशमलव ६६ मा पुगेको छ । नेप्सेका अनुसार कूल दुई करोड दुई लाख ३७ हजार सात सय ८० कित्ता शेयर रु सात अर्ब आठ करोड छ लाख ९८ हजार एक सय ४६ मूल्यमा कारोबार भएको छ ।

बलेफी हाइड्रोपावर नौ दशमलव ९९, सिटिजन सुपर ३० म्युचुअल फण्ड नौ दशमलव ९७, एनआइबिएल स्टेबल फण्ड नौ दशमलव ८३, जानकी फाइनान्स आठ दशमलव ७६ र सिटिजन म्युचुअल फण्ड दोस्रोका लगानीकर्ताले सात दशमलव ८२ प्रतिशतले कमाएका छन् । समाज लघुवित्त चार दशमलव ५९, साधना लघुवित्त चार दशमलव ५६, एनएमबी–५० चार दशमलव १३, सेञ्चुरी डिबेञ्चर तीन दशमलव ९१ र गुडबिल फाइनान्सका लगानीकर्ताले तीन दशमलव ८२ प्रतिशतले गुमाएका छन् ।