१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ

सन्दर्भ: जनसंख्या दिवस– जनसंख्या नीति कार्यान्वयनमा जोड दिन विज्ञहरुको सुझाव

सन्दर्भ: जनसंख्या दिवस– जनसंख्या नीति कार्यान्वयनमा जोड दिन विज्ञहरुको सुझाव
अ अ+ अ-

काठमाडौँ । नयाँ बन्ने जनसंख्या नीति कार्यान्वयनमा जोड दिन विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् ।

बिहीवार जनसंख्या दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले २०७८ सालको जनगणनाअनुसार सरकारले नयाँ जनसंख्या नीति बनाइरहेको भन्दै नीतिको कार्यान्वयमा जोड दिन आग्रह गरेका हुन् । उनीहरुले विगतमा बनेका जनसंख्या नीतिहरु पनि कार्यान्वयन नहुँदा प्रभावकारी बन्न नसकेको उदाहरण दिँदै सरकारले नीति कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव ऋतु पन्तले जनसंख्या अहिले लाभांशको रुपमा लिइरहेको उल्लेख गर्दै जनसंख्याको लाभांश लिन नसकेको बताउनु भयो । उहाँले जनसंख्याको लाभांश अहिले नै प्रयोग गर्न नसक्ने अवस्थामा रहेको बताउनु भयो ।

उहाँले युवाहरु विदेश पलायन भइरहेको र भएका युवाहरु पनि देशका लागि प्रयोग भइरहेको छ की छैन भन्नेबारेमा अध्ययन हुन आवश्यक रहेको बताउनु भयो । उहाँले उहाँले युवाहरु विदेशमा गएर योगदान गरिरहेको तर नेपालमा युवाहरुले रेमिट्यान्सको मात्रै योगदान दिइरहेको बताउनु भयो । उहाँले तत्कालको फाइदाका लागि रेसमट्यान्सबाट देश चलाउने सोच रहेपनि भविष्यलाई फाइदाजनक नरहेको बताउनु भयो । उहाँले वाह्य र आन्तरिक बसाईंसराईको समस्या विकराल बन्दै गएको बताउनु भयो । मन्त्रालयले जनसंख्या नीति बनाइरहेको भन्दै जनसंख्या नीति एउटा वर्ग र मन्त्रालयको मात्रै नहुने बताउनु भयो । उहाँले देशको श्रोत नै जनसंख्या भएको उल्लेख गर्दै विकासका काम जनसंख्यामा निर्भर रहेर हुनुपर्ने बताउनु भयो । उहाँले बनाइएका जनसंख्या नीतिहरुको कार्यान्वनयमा जोड दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रा.डा. योगेन्द्रबहादुर गुरुङले जनसंख्या आफैँ श्रोत, साधन र साध्य भएको बताउनु भयो । उहाँले मानवीय श्रोतको सदुपयोग गरी मानवले मानव हितको लागि विकास गर्न आवश्यक रहेको बताउनु भयो । राजनीतिक, सामाजिक नीति तथा योजना बनाउँदा जनसंख्याकै आवश्यक हुने बताउनु भयो । उहाँले धेरै नीति योजनाहरु भनेजस्तो सफल नहुने कारण जनसंख्याकै सही मूल्यांकन नहुनु रहेको बताउनु भयो । जनसंख्कार्यक्रममा बोल्दै एजिङ नेपालका निर्देशक प्रकाश गौतमले जनसंख्याका हिसावमा नेपालले ज्येष्ठ नागरिकका विषयमा चिन्ता गर्नुपर्ने कारण नरहेको बताउनु भयो । उहाँले ज्येष्ठ नागरिकको जनसंख्या नेपालमा १ लाख २५ हजार मात्रै रहेको बताउनु भयो । औषत आयु बढ्दै जाँदा रिटायरमेण्ट र औषत आयु हेर्दा २० वर्ष आयु बढाएको र २० वर्ष आयुलाई कसरी इंगेज गर्ने भन्नेकुरा महत्वपूर्ण रहेको बताउनु भयो । कार्यक्रममा बोल्द नेपाल जनसंख्या संघका अध्यक्ष डा.पदमप्रसाद खतिवडाले जनसंख्या व्यवस्थापनको योजना बनाउँदा बनाउँदै आफैँ नियन्त्रण हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले जनसंख्याको अवस्थालाई अध्ययन गरेर मात्रै नीति निर्माण गर्न आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै अन्य वक्ताहरुले वाह्य बसाईंसराईको अवस्था विकराल हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । जनसंख्याको वितरणमा असमानता रहेको बताए । उनीहरुले नेपालको जनसांख्यिक लाभांश पूर्ण उपयोग हुन नसकेको, अव्यवस्थित शहरीकरणको मारमा नागरिकहरु परेको बताए ।