३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

स्मलवल्र्ड मार्फत इसेवा मनि ट्रान्सफरको रेमिट्यान्स् सेवा थप २२ वटा देशहरुबाट शुरु

स्मलवल्र्ड मार्फत इसेवा मनि ट्रान्सफरको रेमिट्यान्स् सेवा थप २२ वटा देशहरुबाट शुरु
अ+ अ-

काठमाडौं । इसेवा मनि ट्रान्सफर र “स्मलवल्र्ड” बीच रेमिट्यान्स कारोबार गर्ने सम्झौता भएको छ । यो सेवा शुरु भएपछि अमेरिका, बेलायत, सेनजेन, ब्राजिलगरी २२ वटा देशहरुमा रहेका नेपालीहरुले “स्मलवल्र्ड” मार्फत नगद तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा पैसा पठाउँन सकिने जनाएको छ । 

नगदमा पठाइएको रकम नेपाल भर रहेका इसेवा मनि ट्रान्स्फरका ८ हजारभन्दा एजेन्ट तथा इसेवावालेट एपमा पनि प्राप्त गर्न सकिनेछ । त्यसैगरी बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । 

इसेवामनि ट्रान्सफरले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स् सेवा मार्फत नेपालमा सेवा प्रदान गर्दै आइरहेको छ । हालको विषम  परिस्थितिलाई मध्यनजर गर्दै डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउँदा सुरक्षित, समयको बचत, आर्थिक फाइदाँ र प्राविधिक ज्ञानको अवसर मिलेको छ । इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुको उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताउनु भयो । 

स्मलवल्र्ड ग्राहकहरुको भरपर्दाे र विश्वासिलो भुक्तानी सेवाप्रदायक, रेमिट्यान्स कम्पनी हो जसको सिद्धान्त विप्रेषण भुक्तानीको सेवा र माध्यमबाट विशाल संसारलाई सानो बनाउने रहेको छ । स्मलवल्र्डको विश्वभरि २ लाख ५० हजार भन्दा धेरै एजेन्ट सञ्जाल र ८०० भन्दा बढी दक्ष जनशक्तिद्वारा वार्षिक १ करोड ५० लाखभन्दा भन्दा बढि कारोबार गर्दछ ।