७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले

पुष्पकमल दाहाल कति सफल कति असफल ?

पुष्पकमल दाहाल कति सफल कति असफल ?
अ+ अ-

काठमाडौं ।  विगत झण्डै ३ दशकमा नेपालको राजनीतिमा अनेकौं उथलपुथल भए । कैयौं नेता उदाए र अस्ताए । तर २०५२ सालदेखि लगातार चर्चामा रहन सफल हुनु भएका एकमात्र नेता पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्छ ।  नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्ड शत्रुको ढाडमा टेकेर टाउकोमा हान्ने नीति अनुरुपका अधिकांश मोर्चामा सफल हुँदै आउनु भएपनि मुख्य निर्णायक बिन्दु (Turning Point) हरुमा असफल देखिने गर्नु भएकोछ । रुकुमको खारामा नेपाली सेनासँगको महत्वपूर्ण दोस्रो रणनीतिक भिडन्तमा नराम्रो हार व्यहोरेपछि उहाँ शान्ति प्रकियाको मार्गमा आउन वाध्य हुनुभयो । यदि खाराको दोस्रो भिडन्तमा सफल हुनुभएको भए परिस्थिति अर्कै हुन सक्ने थियो ।

संविधानसभाको पहिलो निर्वाचनमा अप्रत्यासित जीतबाट हौसिनु भएका पुष्पकमल राष्ट्रपतिमा आफ्नो मान्छे जिताउन असफल हुनुको साथै रुक्माङ्गद कटुवाललाई सेनापतिबाट हटाउने रणनीतिमा समेत असफल हुनु भयो । यी दुबै घटनाले उहाँको उच्च आकांक्षामा नराम्रो प्रहार भयो नत्र परिस्थिति अर्कै हुन सक्थ्यो ।  संविधान सभाको पहिलो कार्यकालमा आफुले भने अनुसार संविधान निर्माण हुन नसक्ने देखेपछि अन्तिम अवस्थामा आएर संविधान सभा नै खारेज गराउन सफल हुनु भएपनि संविधानसभाको दोस्रो निर्वाचनमा पार्टीलाई जिताउन सफल हुनु भएन । तापनि संविधानमा आफ्नो एजेण्डाका धेरै प्रावधान राख्न भने सफल हुनु भयो ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको सहयोग लिएर छोरीलाई मेयर बनाउन सफल भएपछि संघीय संसदमा एमालेसँग एकीकरण गरेर उहाँको मार्गमा देखिएको प्रमुख शत्रु मानिने एमालेको नाम मेटाइ नेकपा बनाउन पनि सफल हुनु भयो ।  संघीय संसदमा झण्डै दुई तिहाईको बहुमत बनाउन सहयोगी बन्नु भयो । प्रदेश मध्ये ६ प्रदेशमा नेकपाको सरकार गठन गराउन पनि सहयोगी हुनुभयो ।

संघीय मन्त्रिमण्डलमा आधा समय आफु प्रधानमन्त्री बन्ने गरी सम्झौता गर्न सफल भए पनि कार्यान्वयनमा असफल भएपछि प्रधानमन्त्री के पी विरुद्ध अनेकौं रणनीति प्रयोग गरेपनि नेकपाको बहुमतको प्रधानमन्त्री बन्ने महत्वकांक्षामा भने पुन तुसारापात भएकोछ ।  कतिपय असफलताका बाबजुद बलियो संगठन भएको एमालेलाई भत्काउन भने उहाँ सफल हुनु भएको छ । बाठो मानिने एमाले यहाँ चिप्लिएकै देखियो ।

यसैका लागि पनि उहाँले पार्टी एकीकरण गर्नु भएको हो भन्ने पनि छन्  यसबाट उहाँलाई भविष्यमा सहज हुने अनुमान गरिएकोछ । धेरैको अनुमान अनुसार कम्युनिष्ट नेता भएर पनि संसारमा धेरै सम्पत्तिको मालिक भएका नेतामध्येमा पर्न उहाँ सफल हुनु भएको मानिन्छ ।

लेखक : शारदा प्रसाद त्रिताल  नेपाल सरकारका अबकास प्राप्त सचिव हुनुहुन्छ