९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

नेकपा र सूर्य चिह्न आफूहरूको भएको प्रचण्ड–नेपाल समूहको दाबी

नेकपा र सूर्य चिह्न आफूहरूको भएको प्रचण्ड–नेपाल समूहको दाबी
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटीको बैठकबाट भएका निर्णयहरु निर्वाचन आयोगमा बुझाएको छ ।  

प्रचण्ड–माधव समूहको मंगलबार बसेको केन्द्रीय कमिटीको निर्णयबाट अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरेको निर्णय लिएर नेताहरु बुधबार आयोग पुगेका हुन् ।

नेताहरुले केन्द्रीय कमिटीका बहुमत सदस्यहरुको हस्ताक्षर सहित बैठकका निर्णयहरु आयोगमा बुझाएका छन् । नेकपाका नेता सुरेन्द्र पाण्डे लगायतका नेताहरु निर्वाचन आयोग पुगेर अध्यक्ष ओलीलाई अध्यक्षबाट निष्काशन गरी वरिष्ठ नेता नेपाललाई अध्यक्ष चयन गरेको निर्णय आयोगमा पेश गरेको हो । 

केन्द्रीय कमिटीका निर्णयहरु आयोगमा पेश गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गदै नेता पाण्डेले २ सय ८७ जनाको बैठकमा उपस्थित भएर निर्णय गरेको हस्ताक्षर र ३ जना उपस्थित हुन नसकेको निवेदन सहित २ सय ९० जनाको हस्ताक्षर सहितको निर्णय आयोगमा बुझाएको बताउनुभयो ।

उहाँले तत्कालीन नेकपा एमाले र एकीकृत माओवादीबीचको एकता पछि कायम भएको ४ सय ४१ केन्द्रीय कमिटी र पछि थप भएका ४ जना सहित ४ सय ४५ जना नै केन्द्रीय सदस्यहरुको अन्तिम नामावली भएको बताउनुभयो ।

उहाँले ४ सय ४५ मध्ये ३ जनाको मृत्यु भएको, ५ जना विभिन्न संवैधानिक निकायमा नियुक्ती पाएको र ३ जना राजदूत भएर गएपछि कायम भएको ४ सय ३४ केन्द्रीय सदस्य मध्येको बहुमत सदस्यहरुको निर्णय नै अन्तिम हुने बताउनुभयो । उहाँले करिब ७० प्रतिशत केन्द्रीय सदस्यहरु आफूहरुसँग रहेको पनि दावी गर्नुभयो ।

मंगलबार बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट निष्काशन गरी वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो ।

सरकारले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजन तर्फ उन्मुख भएको छ । अध्यक्ष ओली समूहले पनि मंगलबार बालुवाटारमा केन्द्रीय सदस्यहरुको भेला गरेर आफ्नो समूह नै आधिकारीक भएको दावी गरेको थियो ।

अध्यक्ष ओली समूहको केन्द्रीय सदस्यहरुको बैठकले केन्द्रीय कमिटीमा ५ सय ५६ जना सदस्यहरु थप गरेको थियो । उक्त निर्णय ओली पक्षले मंगलबार नै आयोगलाई बुझाइसकेको छ ।