१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

हाम्रा बालिकाहरुका लागि सुरक्षित समाज कहिले बन्छ ?

हाम्रा बालिकाहरुका लागि सुरक्षित समाज कहिले बन्छ ?
अ अ+ अ-

एक १८ महिनाकी सानी बालिका बलात्कार गरी हत्या गरिएको घट्नाले एक पटक फेरि मन मष्तिस्क हल्लाएको छ । यो घटनाका बारे सुन्दामात्र नेपाली समाज अहिले निशब्द, अवाक र स्तब्ध भएको छ । यो घटनालाई यदि कसैले आफ्नै सन्तानसँग तुलना गरेर मनन् मात्र गर्यो भने पनि कसैले मन थाम्न सक्दैन, यतिसम्म कि लाग्छ कसैले यस्तो कहालीलाग्दो घटनाको स्मरण नै गर्न सक्दैन ।

यस्ता अरु पनि कैयौं घट्नाहरु लुकेका होलान् हाम्रो समाजमा जहाँ हाम्रा आँखा गएका छैनन् भनौँ या समाचारमा माध्यमन पुगेका छैनन् । जसका कारण समाचार बन्दैनन् । आज सार्वजनिक वृत्तमा बलात्कारका दोषीलाई सजाय बढी भयो भनेर बहस हुन थालेको छ । युवाहरु जेलमा कोचिए जस्ता कुरा सुन्दा कानमा शिशा घोलेझैँ हुन्छ । वास्तविक रुपमा भन्नु पर्दा बलात्कार समाजको रोग जस्तै भैसकेको छ । यसको उपचार खोज्नुपर्ने बेला भैसकेको छ ।

करिब डेढ वर्ष पहिले बर्दिबासमा गुलअफ्सा सानी बच्चीको यसरी नै बलात्कारपछि हत्या गरी बोरामा लुकाई फालिएको अवस्था थियो, प्रहरीले समयमा तदारुकता देखाएन भन्ने परिवार र स्थानियवासीको आरोप पनि थियो । त्यस बखत स्थानियवासी पुरै आन्दोलित भएका थिए ।

त्यस्तै प्रकृतिको घट्नाले फेरि त्यही अवस्था सम्झायो, आफन्तहरुको फोनले मन थामिनसक्नु छ । हाम्रो समाजको चेतनाको स्तर कहिले बृद्धि होला ? कहिले सुरक्षित समाज बन्ला ? परिवारले न्याय पाउला वा नपाउला त्यो आफ्नो ठाउँमा छ । तर के हाम्रा बच्चीहरु को लागि सुरक्षित समाज बन्छ की बन्दैन ? कि सँधैभर असुरक्षा र भयपूर्ण जीवन बाच्ने हुन् ?

-अन्सारी राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य हुनुहुन्छ ।