• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा



Referee Piero Maza, of Chile, books Canada’s Jonathan David during a Copa America semifinal soccer match against Argentina in East Rutherford, N.J., Tuesday, July 9, 2024. (AP Photo/Julia Nikhinson)

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न सेमिफाइनल खेलमा क्यानडालाई २-० गोलले हराउँदै साबिक विजेता अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।

अर्जेन्टिनाको जितमा खेलको २२ औं मिनेटमा युलिएन अल्भारेजले र ५१ औं मिनेटमा कप्तान लियोनल मेसिले गोल गरे । जारी प्रतियोगितामा मेसिको यो पहिलो गोल हो ।

अर्जेन्टिनाले उपाधिका लागि फाइनलमा भोलि हुने उरुग्वे र कोलम्बियाबिचको विजेतासँग खेल्नेछ ।

फाइनल खेल सोमबार बिहान हुनेछ ।