१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश

गोली लागेको दुई महिनापछि स्लोभाक प्रधानमन्त्री काममा फिर्ता

गोली लागेको दुई महिनापछि स्लोभाक प्रधानमन्त्री काममा फिर्ता
अ अ+ अ-

एजेन्सी ।  स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले आफूमाथि बन्दुकधारीले चार पटक गोली हानेको करिब दुई महिनापछि मङ्गलबार काममा फर्किएको बताउनुभएको छ ।

मध्य स्लोभाकियामा एक सरकारी बैठकपछि ५९ वर्षीय फिकोमाथि नजिकैबाट गोली हानिएको थियो । उहाँको नजिकैको एक अस्पतालमा दुई वटा लामो शल्यक्रिया गरिएको थियो ।

स्लोभाक मिडियाले बन्दुकधारीको पहिचान ७१ वर्षीय कवि जुराज सिन्तुलाका रूपमा गरेको थियो र उनीमाथि आतङ्कवादको आरोपमा मुद्दा चलाइएको छ । उनी मुद्दाको प्रतीक्षामा हिरासतमा छन् ।

फिकोले आफ्नो मध्यमार्गी एसएमइआर–एसडी पार्टी, मध्यमार्गी हलास र ५४ लाख जनताको युरोपेली सङ्घ ९इयु० तथा नाटो सदस्यहरूको शासन गर्ने अति दक्षिणपन्थी एनएनएससहितको तीन पक्षीय गठनबन्धनको नेतृत्व गर्नुहुन्छ ।

प्राय हङ्गेरीका समकक्षी भिक्टर ओर्बनका साथ इयुद्वारा आलोचना गरिने राष्ट्रवादी झुकाव भएका फिको पत्रकारहरूबाट बच्नका लागि एउटा सुरुङमार्फत मङ्गलबारको मन्त्रिपरिषद् बैठकमा सहभागी हुनुभएको स्लोभाक मिडियाले बताएका छन् ।

फेसबुकमा आफ्नो कार्यालयमा आफ्नो एक तस्बिर पोस्ट गर्दै उहाँले भन्नुभयो, “प्रिय प्रगतिशील उदारवादी मिडिया र विपक्षी, म बाँचेकोमा क्षमा चाहन्छु तर फिर्ता आएको छु ।”

गत शरद ऋतुमा फिकोले पदभार ग्रहण गरेपछि सन् २०२२ देखि रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई सैन्य सहायता जारी राख्न स्लोभाकियाले अस्वीकार गरेको थियो । उहाँले पनि हङ्गेरीका ओर्बनजस्तै रुससँग शान्ति वार्ताको वकालत गरिहनुभएको छ ।

फिकोको मन्त्रिपरिषद्ले न्यायिक र मिडिया स्वतन्त्रतालाई खतरामा पार्ने विधेयकहरूलाई अनुमोदन गरेर अचम्मित पारेको छ ।

मे ३१ मा फिकोलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो र गत शुक्रबार ब्रातिस्लाभा नजिकै एक समारोहमा उहाँ पहिलोपटक सार्वजनिकरूपमा देखा पर्नुभएको थियो ।

एक भाषणमा उहाँले ओर्बनको मस्कोको विवादास्पद भ्रमणको प्रशंसा गर्दै भन्नुभयो , “यदि म स्वस्थ भएको भए उहाँसँग सहभागी हुन मन पर्थ्यो ।”

उहाँले स्लोभाकियालाई क्यान्सरसँग तुलना गर्दै ‘प्रगतिशील र उदारवादी विचारधारा’ लाई रोक्न पर्खाल निर्माण गर्न पनि आह्वान गर्नुभयो ।

हत्याको प्रयासपछि उहाँ बैसाखीको सहाराले हिँड्नुहुन्छ । उहाँको तौल पनि स्पष्टरूपमा घटेको छ ।