• १० श्रावण २०८१, बिहीबार
  •      Thu Jul 25 2024
  •   Unicode
Logo
Latest
★   धरानमा ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु ★   बेनी–जोमसोम सडक: बैसरीको भिरमा पहिरो रोकथाम गर्न ‘रक एङ्करिङ’ ★   गुणस्तरहीन खाद्य बिक्री गर्ने ३८ उद्योगविरुद्ध मुद्दा ★   विश्व सम्पदास्थल स्वयम्भूमा वृक्षरोपण ★   पाँच प्रदेशका केही भागमा आज भारी वर्षा हुने ★   सौर्य एयरलाइन्सको विमान दुर्घटनाको खबरले पूर्वराष्ट्रपति भण्डारी स्तब्ध ★   राष्ट्रिय शोकमा पनि विभेद ! आफ्नै नागरिकलाई दुई दर्जा किन ? ★   विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइँदै ★   अस्तव्यस्ततापछि बङ्गलादेशमा कपडा कारखाना खुले ★   शिशु बेचबिखन मुद्दामा सिबिआईद्वारा नौ जनाविरुद्ध मुद्दा दायर

मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने सञ्जीवनि बुटी बन्नुपर्छ: अध्यक्ष ढकाल



काठमाडौँ । नेपाला उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने सञ्जीवनि बुटी बन्नुपर्ने बताउनुभएको छ ।

मंगलवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा अध्यक्ष ढकालले यस्तो सुझाव दिनुभएको हो ।

उहाँले आगामी आर्थिक वर्षको मौद्रिक नीति व्यवसायी तथा वित्तीय क्षेत्रलाई बचाउने गरी सञ्जीवनि बुटी बन्नेगरी मौद्रिक नीति आउनुपर्ने बताउनु भयो । उहाँले उत्पादनमुलुक उद्योगको क्षमता बढाउँदै बैंकको ब्याजदर विगतको भन्दा कम गर्ने विषय नीतिले बोल्नुपर्ने बताउनु भयो । उहाँले मागमा आएको संकुचनको कारण उद्योगीहरुको ऋण तिर्ने नसकेको भन्दै मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्र बैंकले लगानीलाई प्रोसाहन, पर्यटन पूर्वाधार र व्यवसायलाई प्रवद्र्धन गर्ने विषयमा मौद्रिक नीतिले केही सोच्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले निजी क्षेत्रमा प्रवाह हुने कर्जालाई सहज र सुलभ गरिनुपर्ने बताउनु भयो । उहाँले निक्षेपको तुलनामा कर्जा प्रवाह आधा मात्रै बढेको उल्लेख गर्नुभयो । उहाँले नगद प्रवाहमा भएको समस्या,न्युन उत्पादन र निजी क्षेत्रको गिर्दो मनोबलका कारण नयाँ लगानीका योजना समेत स्थगन भइरहेकाले मनोवल उच्च बनाउने मौद्रिक नीति अहिलेको आवश्यकता भएको बताउनु भयो । उहाँले गाउँ र साना लगानीका क्षेत्रमा लगानी वृद्धि गर्न बैंकहरुलाई प्रोत्साहन गरिनु पर्ने बताउनु भयो।

उहाँले भन्नुभयो,‘उत्पादन मुलुक उद्योगको क्षमता बढाउनुपर्छ । बैंकको ब्याजदर विगतको भन्दा कम गर्ने विषय नीतिले बोल्नुपर्छ । मागमा आएको संकुचनको कारण उद्योगीहरुको ऋण तिर्ने कम भएको छ । त्यसलाई सम्बोधन गरिनुपर्छ । लगानीलाई प्रोसाहन गर्ने नीति अपनाउनुपर्छ । पर्यटन पूर्वाधार र व्यवसायलाई प्रवद्र्धन गर्ने विषयमा मौद्रिक नीतिले केही सोच्नुपर्छ । कर्जा प्रवाह सहज र सुलभ गरिनुपर्छ । निक्षेपको तुलनामा कर्जा प्रवाह आधा मात्रै बढेको छ । नगद प्रवाहमा भएको समस्या,न्युन उत्पादन र निजी क्षेत्रको गिर्दो मनोवलका कारण नयाँ लगानीका योजना समेत स्थगन भइरहेका छन् । गाउँ र साना लगानीका क्षेत्रमा लगानी वृद्धि गर्न बैंकहरुलाई प्रोत्साहन गरिनुपर्छ । सहकारी र लघुवित्तमा आएको समस्यापछि गाउँ–गाउँमा कर्जा प्रवाह साँघुरिएको अवस्था छ । बैंक तथा वित्तीय संस्थासँगै व्यवसायलाई माथि उठाउने हिसावले मौद्रिक नीति सञ्जीवनि बुटी बन्नुपर्छ । सबै व्यवसायीहरु खराब छैनन् । सबै ऋणी नियतवस डिफल्ट भएका होइनन् । वास्तवमै समस्यामा परेर कर्जाको सावाँ ब्याज तिर्न नसकेका हुन् ।’

उहाँले सबै ऋणीले नियतबस कर्जा नतिरेको नभइ वास्तविक रुपमै समस्यामा परेर बैंकको ऋण तिर्न नसकेको बताउनु भयो । उहाँले कर्जा चुक्ता गरेलगत्तै व्यवसायी तथा कम्पनीलाई कालोसूचीबाट हटाउने व्यवस्था गर्न सुझाव राख्नुभयो ।