७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुरबाज र रोहित शर्मालाई पछि पार्दै बुमराह बने उत्कृष्ट



अ+ अ-

एजेन्सी । गत महिनाको अन्त्यमा सकिएको टी–२० विश्वकप २०२४ मा भारतीय फास्ट बलर जसप्रित बुमराहले उत्कृष्ट प्रदर्शन गरेका थिए । फाइनलमा बुमराहले आफ्नो बलिङले भारतलाई जित दिलाएका थिए ।

जसप्रित बुमराह उत्कृष्ट प्रदर्शनका लागि प्लेयर अफ द टुर्नामेन्ट चुनिए । अब बुमराहको नाममा अर्को उपलब्धि थपिएको छ ।

उनले आईसीसी ‘प्लेयर अफ दी मन्थ’ उपाधि जितेका छन् । यसका लागि भारतीय फास्ट बलरले रोहित शर्मा र रहमानउल्लाह गुरबाजलाई पछाडि छोडेका छन् ।

टी–२० विश्वकपमा उनले ८ खेलको ८ इनिङ्समा ८.२६ को औसत र ४.१७ को इकोनोमीमा १५ विकेट लिए । उनी प्रतियोगितामा दोस्रो सर्वाधिक विकेट लिने खेलाडी हुन् । अफगानिस्तानका फजलहक फारुकी र अर्शदीप सिंहले १७–१७ विकेट लिएका थिए ।