२० भाद्र २०८३, शनिबार
,
Latest
नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो समय प्रधानमन्त्री दाहालले सत्ताको खेल नै बुझ्नुभएन: चित्रबहादुर केसी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताको खेल नबुझेको टिप्पणी गर्नुभएको छ ।

एमालेसँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री दाहालको नराम्रो दिन शुरु भएको उहाँको जिकिर थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष केसीले एमालेप्रति संकेत गर्दै बालकोटले प्रधानमन्त्री दाहाललाई अहिलेको परिस्थितिमा पुर्‍याएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले संसदमा र बाहिर कस्तो धुन सुन्न थालिएको छ भने–यी दुई वटा ठूला पार्टी मिलेपछि नेपाल अव सबै क्षेत्रमा मुक्त हुनेवाला छ । यस्ता स्वर बाहिरतिर पनि सुनिन्छ । भित्र पनि सुनिन्छ । नेपालमा बहुदलीय व्यवस्था आएपछि म सधैं यी ठूला पार्टीहरुसँगै छु । त्यसकारण मैले सुरुमै भनेको थिए–यदि तपाईहरु संसदीय व्यवस्था मान्ने भएको भए ठूलो पार्टीले चाँही नेतृत्व नगरेर साना पार्टीलाई किन दिनुभयो भनेर मैले त्यतिबैलै कुरा उठाएको थिए । अहिले वर्तमान प्रधानमन्त्रीले बुझनु भएन खेल । पुस १० गते तपाई जहाँ पुग्नुभयो, त्यही दिनदेखि दशा शुरु भएको थियो । त्यो बुझनु भएन । अब यसो भन्दाखेरी नराम्रो लाग्ला । तपाईले चाँही कति पटक बालकोट धाउनु भयो, कति पटक बुढानिलकण्ठ पुग्नु भयो ? यसरी चल्छ राजनीति ? तपाई ५ वर्ष सरकारमा राख्न संसद भित्रको दोस्रो पार्टी मिसिएको थिएन । लाटो खान्छ एक बल्डयाङ, बाठो खान्छ तीन बल्ड्याङ भनेजस्तै तपाईले बल्ल भोग्नु भयो । तपाईहरुको मन्त्रीमण्डल गठन हुँदै तपाई भन्दा ठूलो पार्टीले अर्थ मन्त्रालय किन लिएन ? गृह मन्त्रालय किन लिएन ? त्यतिबेला म राजनीति नजान्ने मान्छेले पनि अड्कल गरेको थिए –दालका काला हेय । बुढानीलकण्ठ छोडेर बालकोट पुगेको परिणाम अहिले भोगीरहनु भएको छ । अब दुई वटा ठूलो पार्टी मिसिएपछि हुनेवाला केही छैन, मुखको तितो मात्रै पोख्ने कुरा हो ।’

अध्यक्ष केसीले काँग्रेस एमाले सत्ता समिकरणले पनि मुलुकमा केही पनि सुधारको काम नहुने दाबी गर्नुभयो । दुवै दलसँग आफूले लामो समयदेखि संगत गरेकाले उनीहरुले पनि मुलुकको हितमा काम गर्न नसक्ने उहाँले बताउनु भयो ।