३० श्रावण २०८३, शनिबार
,
Latest
धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजारः दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ७९ अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर दुई हजार एक सय ५२ दशमलव १४ अङ्कमा पुगेको नेप्सेले जनाएको छ ।

विभिन्न तीन सय १६ कम्पनीका ११ लाख ६६ हजार एक हजार दुई सय आठ कित्ता शेयर रु पाँच अर्ब ५३ करोड ५९ लाख ५८ हजार आठ सय ८५ मा कारोबार भएको छ ।

आजको कारोबारमा गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्य नौ दशमलव ९१, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नौ दशमलव ७९ र सबैको लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य नौ दशमलव १५ प्रतिशतले बढेको छ ।

त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२को शेयर मूल्य पाँच दशमलव ४७, नेपाल फाइनान्सको चार प्रतिशत, बोटलर्स नेपाल (बालाजु)को शेयर मूल्य तीन दशमलव ९० प्रतिशतले घटेको छ ।