१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश

गाउँ जोगाउन लगाएको तालगाउँको पर्खाल भत्कियो

गाउँ जोगाउन लगाएको तालगाउँको पर्खाल भत्कियो
अ अ+ अ-

मनाङ । अविरल वर्षापछि आएको बाढीले हिमाली जिल्ला मनाङमा क्षति पु¥याएको छ । नासों गाउँपालिका–१ तालगाउँलाई जोगाउन लगाइएको मेसिनरी पर्खाल आज बिहान भत्किएको छ ।

विसं २०७८ जेठ १४, २९ र असार १ मा मस्र्याङ्दी नदीमा आएको बाढीले तालगाउँ डुबानमा परेपछि बस्तीको सुरक्षाका लागि मेसिनरी पर्खाल लगाइएको थियो । पर्खाल लगाएको तीन वर्षपछि आज भत्किएको हो । उक्त क्षेत्रमा मस्र्याङ्दी नदीको बाढीको वेग सिधा पर्ने र प्रत्यक्ष प्रभाव पार्ने गर्दछ ।

मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले गाउँको माथिल्लो क्षेत्र तथा गाउँमा बाढी पस्ने ठाउँमा लगाइएको पर्खाल भत्किएको जानकारी दिनुभयो । उहाँका अनुसार नदीको बहाव बढेमा पर्खालमा अझ बढी क्षति पुग्नसक्ने अवस्था रहेको छ ।

उहाँले भन्नुभयो, “पहिला जोखिमबाट गाउँलाई जोगाउनु प्रमुख थियो । त्यसैले तत्कालका लागि पक्की बनाउने गरी बेस बनाउन सकेनौँ अहिले पर्खाल भत्किन पुगेको छ ।”

अहिलेको जोखिमलाई रोक्ने र बस्तीलाई सुरक्षित बनाउन स्थानीय तथा प्रहरीको सहयोगमा पर्खाल मर्मतको काम भइरहेको प्रजिअ लामिछानेले बताउनुभयो । मनसुनको सुरुआतमा नै क्षति व्यहोरेको मनाङमा वर्षा बढी भएमा अझै उक्त क्षेत्र अझै जोखिम बढ्नसक्ने उहाँको भनाइ छ ।

यही असार १७ गते अविरल वर्षा भएपछि १८ गते चामे गाउँपालिका–१ तिमाङ झरनामा बाढीसँगै आएको ढुङ्गा तथा गेग्रानले मोटरेवल पुलमा क्षति पुगेको थियो । मोटरेवल पुलमा क्षति भएपछि पूर्णरुपमा डुम्रे–बेँशीसहर–चामे सडक अवरुद्ध छ । त्यस्तै लघु जलविद्युत् नजिकैको तिमाङ खोलाले काठेपुल बगाउँदा आवतजावत गर्ने एक मात्र सडक अवरुद्ध छ । यहाँको मोटरेवल पुल तथा काठेपुल भत्किँदा तल्लो मनाङका स्थानीय सदरमुकाम आवतजावत गर्नसक्ने अवस्था नरहेको प्रजिअ लामिछानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वर्षा कम र झरनाको बाढी कम भएपछि मात्रै मर्मत तथा निर्माण थाल्ने अवस्था छ । यसको मर्मत तथा निर्माणका लागि चाइना कम्पनीले सहयोग गर्ने मौखिक प्रतिबद्धता जनाएको छ ।” मौसममा सुधार भएपछि काम थाल्ने भएको उहाँले बताउनुभयो । खाद्यान्न तथा औषधिको अभाव हुन नदिन लागिपरेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । रासस