५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा बैठकः सांसद कार्कीले खोजिन् गृहमन्त्री, चौधरीले औँल्याए अस्थिरताको कारण



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रवि लामिछानेको खोजि गर्नुभएको छ ।

मङ्गलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले देशभर बाढी, पहिरो र डुबानमा परेर जनताहरु त्रासमा रहेको बेलामा गृहमन्त्री संसद बैठकमा समेत नआएको भन्दै गृहमन्त्रीको खोजी गर्नुभएको हो ।

उहाँले देशभर विपद्को अवस्था कस्तो छ सो को बारेमा संसद बैठकमा जानकारी गराउन माग गर्नुभयो । उहाँले गृहमन्त्री आफ्नै फाइल खुल्ने हो कि भनेर संशकित भएको बताउनु भयो । उहाँले यतिबेला फाइलको कुरा गर्ने बेला नभएको भन्दै जनतालाई संकटबाट मुक्त गर्न सोच्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यत्रा नागरिकहरु मरिराखेका छन् । डुबानमा परिराखेको छ । बाढी, पहिरो चारैतिर त्राहिराम छ । तर उहाँ(गृहमन्त्री) यहाँ उपस्थित हुनुभएन । म उहाँको मनस्थिति बुझ्छु, उहाँलाई अत्यन्तै पीडाबोध भएको छ । किनभने फाइलहरु त खुल्न थालेका छन् । यो त अर्को सरकारले पनि खोलिदिएला । कहीँ उहाँ आफ्नै फाइलसँग पनि सशंकित हुनुहुन्छ कि जस्तो लाग्यो । यो फाइलका कुरा, बेचन झाका कुराहरु अहिले गर्ने बेला होइन । यो त नेपाली जनतालाई कसरी संकटबाट मुक्त गर्ने भन्नेकुरा सोच्नुपर्ने बेला हो । वर्षातको समय बाँकी छ । जनतालाई मर्न नदिने कुरा सोच्ने बेलामा अर्कै कुरा गर्नुहुन्छ । आएर सत्यतथ्य जानकारी दिनुस् संसदलाई । यो तपाईको कर्तव्य हो । गृहमन्त्री यहाँ उपस्थित हुनुपर्छ ।’

नेकपा(एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले अस्थिरताको मुल कारण प्रधामन्त्रीको कुर्सी मोह भएको बताउनु भयो । उहाँले देश नबन्नुमा एकले अर्कोलाई दोषारोपण गरिने गरेको भन्दै विगत ३५ वर्षमा ज–जसले सरकारको नेतृत्व गरे उनीहरु सबै दोषि भएका बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘देश नबन्नुमा २०४६ सालदेखि अहिलेसम्म ३५ वर्षको अवधिमा जो–जोले नेतृत्व गर्नुभयो । उहाँहरु सबै दोषि हुनुहुन्छ । अझै पटक–पटक प्रधामन्त्री बन्नुभएको सबैभन्दा धेरै दोषि हुन्छ । दुई तिहाई वरिपरिको सरकार पनि चलाउन नसक्ने, सहयात्री दलहरुले सहयोग गर्दा पनि समिकरण फेरिरहने, १८ महिनामा ५ पटकसम्म विश्वासको मत लिनुपर्ने अवस्थाको सिर्जनाको मुल कारक नेतृत्व नै हो । संघमा हुने सहयात्री दलहरुको फेरबदलका कारण सातवटै प्रदेशमा फेरबदल हुन थाल्छ । यो बाहेक अरु केही हुन सकेको छैन । यसको कारण अरु केही नभएर प्रधानमन्त्रीको चरम कुर्सी मोह नै हो ।’

उहाँले सत्ता सहयात्री दलहरुले साथ दिदाँदिदै पनि समिकरण फेरिरहने नेतृत्व अस्थिरताको मुल कारण भएको पनि बताउनु भयो । —