• १० श्रावण २०८१, बिहीबार
  •      Thu Jul 25 2024
  •   Unicode
Logo
Latest
★   सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी ★   बङ्गलादेशमा तनाव कम हुँदै गएपछि निशेधाज्ञा आदेशलाई खुकुलो पारियो ★   सभापतिले बोल्न नदिएको भन्दै पूर्वमन्त्री किरातीले गरे छलफल बहिष्कार ★   एसिया कप खेलेर फर्कियो महिला टोली ★   दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ: ऊर्जामन्त्री ★   धानबालीमा फेद कुहिने समस्या ★   चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर टिमुरेमै रोकिए ★   म्याग्दीका पाँचवटा रणनीतिक सडकमा कालेपत्र ★   हामी बिरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछन्: अध्यक्ष नेपाल ★   विमान दुर्घटनाबारे गहन अध्ययन गर्न र मृतक परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग नेकपा एसको माग

काँग्रेस–एमाले नेतृत्वले विपद्मा पनि सरकारलाई काम गर्न दिएनः सांसद हरि ढकाल



photo : RSS

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले काँग्रेस–एमाले नेतृत्वले सरकारलाई कामै गर्न नदिएको आरोप लगाउनुभएको छ ।

नयाँ सरकार आउँदैछ भनेर काँग्रेस र एमालेले विपद्को यो बेला पनि सिंहदरबारका कर्मचारीहरुलाई असहयोग गर भनेर भनेको उहाँको जिकिर थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद ढकालले विपदका यो बेला पनि सरकारलाई कामै गर्न नदिएको भन्दै काँग्रेस एमालेप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले भूटानी शरणार्थीको फाईल खोल्ने र दोषलाई पक्राउ गर्ने काम सरकारले गर्न शुरु गरेपछि नयाँ सत्तासमिकरण बनाएको पनि बताउनु भयो ।

सांसद ढकालले भन्नुभयो, ‘हामी आउँदैछौं भनेर कर्मचारीहरुलाई यो विपद्को बेलामा असहयोग गर्न राहत र उद्दार गर्नुपर्ने बेलामा यो विपदको घडीमा पनि हामी आउँदैछौं असहयोग गर भनेर सिंहदरबारलाई मसानघाट जस्तै बनाइएको छ । यो चाहीँ कुन चरित्र हो ? कुन शैली र संस्कारको राजनीतिको ? यही बीचमा फाइल खोल, फाईल खोलको आवाज गुञ्जयमान हुँदै गर्दा भूटानी शरणार्थीको फाईल खुलेर बेचैन झा समात्तिने वित्तिकै समिकरणनै फेरबदल किन ? ’

सांसद ढकालले मुलुकलाई बर्बाद पार्ने काम ठूला दलहरुले गरेको पनि बताउनु भयो ।