१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश

मौसममा सुधार भएसँगै बाढीपीडित घर फर्कंदै

मौसममा सुधार भएसँगै बाढीपीडित घर फर्कंदै
अ अ+ अ-

महेन्द्रनगर । मौसममा क्रमशः सुधार भएसँग जिल्लाका बाढीपीडित घर फर्कन थालेका छन् । सोमबार अपराह्नसम्म वर्षाका कारण कञ्चनपुरका नौवटा पालिकाका चार हजारभन्दा बढी सुरक्षित स्थानमा सरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले आज बिहानसम्म दुई हजार सातजना घर फर्किएका बताउनुभयो । महाकाली नदीमा पानीको सतह घटेपछि आजदेखि बनबासा पुलमा आवागमन पनि खुलिसकेको जानकारी दिनुभयो । बाढी तथा घर डुबानमा परेका पीडितहरु विद्यालय, वडा कार्यालय, सार्वजनिक स्थान र आफन्तको आश्रयमा पुगेका थिए । दोधारा चाँदनी नगरपालिकामा पीडितहरु

अम्बिका माध्यमिक विद्यालयमा सयौँ परिवार अझै बसिरहेका छन्भने भीमदत्त नगरपालिका–१२ ऐरीस्थित वडा कार्यालय भवन र वडा नं १८ सालघारीस्थित मदन भण्डारी आधारभूत विद्यालयमा आश्रय लिइरहेका छन् ।

भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्र देवकोटाले मदन भण्डारी आधारभूत विद्यालयमा एक सय ३०, वडा कार्यालयमा एक सय र महेन्द्रनगर माविमा ६० जना पीडितले आश्रय लिएको बताउनुभयो । दोधारा चादँनी, बेल्डाडी, बेदकोट नगरपालिकालगायत क्षेत्रका बस्ती डुबानमा परेपछि अन्यत्र सरेकाहरु घर फर्कने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा बाढीमा परी तीन किशोरी र एक सातमहिने शिशुसहित चार जनाको मत्यु भएको छभने एकजना अझै बेपत्ता छन् ।