१९ मंसिर २०८२, शुक्रबार
,
Latest
स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीका सांसदलाई बाइडेनको पत्रः ट्रम्पलाई हराउन प्रतिवद्ध छु



अ+ अ-

एजेन्सी । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहसमा आफ्नो कमजोर प्रदर्शनपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्पलाई हराउन आफू प्रतिवद्ध रहेको बताउनुभएको छ ।

शारीरिक र मानसिक फिटनेसको चिन्ताका बाबजुद दौडमा सोमवार प्रजातान्त्रिक सांसदहरूलाई लेखेको पत्रमा अमेरिकी राष्ट्रपति जो बाइडेनले रहने प्रतिवद्धता जनाउनु भयो । उहाँले सञ्चारमाध्यम र अन्य ठाउँमा सबै आँकलनहरुको बाबजुद आफू यस दौडमा रहने बताउनु भयो । राष्ट्रपतिको दौडलाई अन्त्यसम्म लैजान र डोनाल्ड ट्रम्पलाई हराउन दृढ प्रतिवद्ध रहेको बताउनु भयो ।

ट्रम्पलाई हराउनु नै आफ्नो एउटा मात्रै काम भएको बताउनु भयो । लोकतान्त्रिक महाधिवेशनमा पार्टीको राष्ट्रपति पदका उम्मेदवार औपचारिक रूपमा घोषणा हुने ४२ दिन मात्र बाँकी छ । र आम चुनावको लागि ११९ दिनहरू छन् । बाइडेनले यो एकजुट हुने, एकीकृत पार्टीको रूपमा अगाडि बढ्ने र डोनाल्ड ट्रम्पलाई पराजित गर्ने समय भएको बताउनु भयो ।

केही डेमोक्र्याटिक सांसदहरूले उहाँलाई दौडबाट बाहिर निस्कन आग्रह गरेका छन् । रियल क्लियर पोलिटिक्सको औसत मतदान तथ्याङ्क अनुसार ट्रम्पले आम चुनावमा बाइडेनभन्दा ३.३ प्रतिशत अंकले अग्रता लिएका छन् ।