२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरमा ग्याङफाइट हुँदा एक युवकको मुत्यु, दुई जना घाइते



अ+ अ-

विराटनगर । विराटनगरमा ग्याङफाइट हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार राति १० बजे विराटनगर महानगरपालिका–२ नेपाल टेलिकम नजिकै दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

ग्याङ फाइटमा घाइते भएका मोरङ कटारी गाउँपालिकाका २१ वर्षीय करण कामतको मृत्यु भएको हो । कटहरी–१ जमोटकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । उनीहरुलाई थप उपचारको लागि नोबेल अस्पतालमा रिफर गरिएको छ।

उनीहरु तीनै जना घाइते अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतक कमातको शरीरका विभिन्न स्थानमा धारिलो हतियार प्रहार गरिएको पाईएको छ ।

यस घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।