२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँट हुँदै

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँट हुँदै
अ अ+ अ-

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजे आईपीओ बाँडफाँट हुने भएको हो ।

बिहीबारनै बाँडफाँटको तयारी गरेको भएपनि सिडिएस एण्ड क्लियरिङ लिमिटेडको राफसाफ कार्यलाई असर पुग्ने भएकाले शुक्रबार सारिएको बिक्री प्रबन्धकले बताएको छ । आईपीओ प्रि अलोटमेण्ट भने बुधबारनै भएको थियो । 

कम्पनीले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म सार्वजनिक निष्कासन मार्फत ५४ लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो ।कम्पनीले सर्वसाधारणका लागि छुट्याईएको कुल ६० लाख कित्ता मध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । यो आईपीओले आबेदक संख्यामा हालसम्मकै रेकर्ड तोडेको छ । 

बिक्री प्रबन्धकका अनुसार १० लाख ८२ हजार २२९ आवेदकबाट २ करोड ९३ लाख ६७ हजार २४० कित्ताको माग भएको छ । जुन मागभन्दा ५ गुणा बढी आवेदन हो । हाल कम्पनीमा संस्थापक तर्फको मात्र रू. १ अर्ब ४० करोड चुक्तापूँजी रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब पूँजी सर्वसाधारणमा आईपीओ विक्री गरेपछि कायम हुनेछ ।